सम्झौता नलम्ब्याएपछि फरारी छोड्दै भेट्टल



लन्डन, एजेन्सी ।

चार पटकका फर्मुला वान विश्व च्याम्पियन सेबस्टियन भेट्टलले सम्झौता नलम्ब्याएका कारण फरारी छोड्ने पक्का भएका छन् ।

सम्झौता नविकरणलाई लिएर भएको छलफल बिना निष्कर्ष टुँगिएपछि भेट्टलले फरारी छोड्ने पक्का भएको हो । सम्झौता नलम्ब्याएपछि फरारी छोड्ने भएपछि ३२ बर्षिया भेट्टलको फर्मुला वान भविष्य पनि अन्योलमा परेको छ। फरारीले भेट्टलको स्थानमा हाल म्याकलरिन ड्राइभर कार्लास सेन्जलाई भित्र्याउने प्रयास गरिरहेको छ । यदि स्पेनिस सेन्ज आएन भने फरारीले अर्का चालक रेनल्टका ड्यानियल रिकार्डोलाई भित्र्याउने सम्भावना रहेको बताइएको छ ।

विश्वका उत्कृष्ट चालक मध्येका एक भेट्टेललाई रेड बुलले पनि अनुबन्धन गर्ने जस्तो देखिदैन । रेड बुलले उसको स्टार ड्राइभर म्याक्स भेस्र्टापनलाई नयाँ सम्झौता दिदै अरु चालक नराख्ने घोषणा नै गरिसकेको छ। यसअघि रेड बुल टिमसँग आबद्ध रहँदा भेट्टलले फर्मुला वान करिअरका चार वटा विश्व च्याम्पियनसिप उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्