महिला क्रिकेट छनोट रोकियो



लन्डन, (एजेन्सी) ।

इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) ले महिला विश्वकप छनोट प्रतियोगिता र अन्डर १९ विश्वकप युरोपियन छनौट स्थगितको घोषणा गरेको छ ।

आईसीसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाईरसका कारण ती दुवै महत्वपूर्ण प्रतियोगिताहरु स्थगित गरेको जनाएको हो । आईसीसीले विज्ञहरुसँगको छलफल पश्चात यी दुवै प्रतियोगिता स्थगित गरेको बताईएको हो ।

यसअघि आगामी वर्ष न्युजिल्यान्डमा हुने विश्वकपको लागि आईसीसी महिला विश्वकपको छनोट जुलाई ३ देखि १९ सम्म आयोजना गर्न निर्धारण गरिएको थियो । जसअनुसार ३ राष्ट्रहरु छनौट हुने प्रावधान रहेको छ ।

त्यस्तै अन्डर १९ विश्वकपका लागि युरोपियन छनौट डेनमार्कमा २४ देखि ३० जुलाई सम्मको लागि तय थियो । आईसीसी अन्डर १९ विश्वकप २०२२ का लागि निर्धारित छ । स्थगित प्रतियोगिताहरु सम्बन्धित राष्ट्र र पदाधिकारीसँगको छलफलपछि नयाँ मिति तय गरिने आईसीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्