नेशन्स् भलिबल लिग रद्द



लन्डन, (एजेन्सी) ।

विश्व भलिबल महासंघ (एफआईभीबी) ले मे महिनामा गर्ने भनिएको नेशन्स् भलिबल लिग कोरोना महामारीका कारण रद्द भएको छ ।

एफआईभीबीले एक बिज्ञप्ती जारी गर्दै कोरोना महामारीका कारण महिला र पुरुषका दुबै लिग रद्द भएको जनाएको हो । विश्वका १६ राष्ट्रले प्रतिस्पर्धा गर्ने ठुलो प्रतियोगीता मध्येको एक नेशन्स् भलिबल लिग विश्वब्यापी कोरोना माहामारीका कारण रद्द भएको हो । महिलातर्फको लिग मे १९ र पुरुषतर्फको मे २२ बाट शुरु हुने तालिका थियो ।

एफआईभीबी, नेशन्स् भलिबल लिग परिषद र आयोजकको संयुक्त सहमतिमा यस वर्षको प्रतियोगीता रद्द भएको जनाईएको छ । सहभागी राष्ट्रहरूका खेलाडीहरूको स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै स्वास्थ्य सुरक्षाका लागि प्रतियोगिता रद्द गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ । अब उक्त प्रतियोगिताआगामी वर्ष ईटाली र चीनमा सम्पन्न गरिने छ ।

प्रतिक्रिया दिनुहोस्