विश्व खेलकुदलाई खर्बौको घाटा



लन्डन, एजेन्सी।

कोरोना महामारीका कारण विश्व खेलकुदलाई खर्बो डलर बराबरको घाटा भएको छ ।

कोरोनाका कारण अमेरिका र युरोपमा मात्र साढे ६ देखि सात सय बिलियन अमेरिकी डलर नोक्सानी भएको अन्तराष्ट्रीय समाचार माध्यमले जनाएको छ । जसमा अमेरिकामा चार सय २० बिलियन डलर र युरोपमा दुई सय ५० बिलियन डलर रहेको छ । त्यस्तै छिमेकी राष्ट्र चीनमा पनि एक सय ५० बिलियन डलर तथा भारतमा ४७ अर्ब भारतीय रुपियाँ नोक्सानी भएको प्रारम्भिक तथ्यांक सार्वजनिक गरिएको छ ।

केहि दिन अघिमात्र बेलायतमा सात अर्व पाउण्ड घाटा भएको बताएको थियो । त्यस्तै अमेरीकी बास्केबल लिग ९एनबीए० मा मात्र दुई खर्व डलरको नोक्सानी भएको आयोजकले बताएका छन । विश्वमा खेलकुद ब्यवसाय चौथो ठुलो क्षेत्रका रुपमा मानिन्छ ।

महामारीका रुपमा फैलिएको भाइरसको संक्रमणले विकसित देशहरुमा झन धेरै असर पुर्याएको हो । जसका प्रभाव खेलकुदमा नराम्रोसँग परेको छ । कोरोनाले महामारीको रुप लिएपछि ठुला प्रतियोगिता एकपछि अर्को गरि स्थगित भएका थिए । ओलम्पिकदेखि विभिन्न खेलका विश्व च्याम्पियनसिपहरु कम्तिमा एक बर्ष पछाडी धकेलिएका छन । दुई महिना देखि ठप्प अवस्थामा रहेका खेलकुद गतिविधिहरु विस्तारै सुचारु हुने अवस्थामा पुगे पनि पुरानो लयमा फर्कन भने धेरै समय लाग्ने अनुमान गरिएको छ । जसका लागि विभिन्न देशका खेलकुद निकायहरुले आ(आफ्नो तरिकाले तयारी गरिरहेका छन ।

बेलायत, जर्मनी, स्पेन, इटाली, आयरल्याण्ड, अस्ट्रेलिया, दक्षिण कोरीया, ताइवान, चीन लगायतका देशमा खेल गतिविधीहरु सुस्त र सुरक्षित तरिकाले सुचारु हुन थालेका छन । दक्षिण कोरीयामा घरेलु लिग सुचारु हुँदैछ भने ताइवानमा अघिल्लो साताबाट खेलकुद गतिविधि सुरु भइसकेको छ । जर्मनीमा आगामी मे १६ बाट घरेलु लिग सुचारु हुदैछ भने अन्य युरोपेली घरेलु फुटबल लिगका क्लवहरुले पनि प्रशिक्षण सुरु गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्