कोरोना सम्बन्धी अनुसन्धान गरिरहेका चिनियाँ प्राध्यापकको अमेरिकामा गोली हानी हत्या



एजेन्सी ।

कोरोना भाइरस सम्बन्धी अनुसन्धानमा लागेका एक चिनियाँ सहायक प्राध्यापकको अमेरिकामा गोली हानी हत्या गरिएको छ ।

पीट्सबर्ग विश्वविद्यालयको स्कुल अफ मेडिसिन विभागमा सहप्राध्यापकको रुपमा कार्यरत ३७ वर्षका विग ली नाम गरेका चिनियाँ प्राध्यापकको शनिबार आफ्नै निवासमा हत्या गरिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरस सम्बन्धि महत्वपूर्ण खोजमा ज्टेका उनी निष्कर्षमा समेत पुगेको बताइएको छ ।

स्थानीय प्रहरीका अनुसार लीको टाउको, मुटु, हात र गर्धनमा गोली प्रहार भएको छ । गोली हान्ने व्यक्तिको पहिचान भइसकेको र थप अनुसन्धान समेत अगाडि बढाइएको प्रहरीले बताएको छ । उनको हत्यामा संलग्न मानिएका ४६ वर्षका हाउ गु नामक व्यक्तिले लीमाथि गोली प्रहार गरेको केही समयमा आफैलाई गोली प्रहार गरी आत्महत्या गरेको जनाइएको छ ।

अमेरीकामा कोरोना सम्बन्धि अनुसन्धान गरिरहेका उनको हत्या हुनुले घटनालाई थप शंकास्पद बनाएको छ । कोरोना भाइरस पहिलो पटक चीनको उहानमा देखिएको थियो । अमेरीकाले कोरोना भाइरस उहानको प्रयोगशालाबाट सिर्जना गरिएको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्