सातदोबाटो युथ क्लब र ललितपुर महानगर १५ को सहकार्यमा निशुल्क खाना वितरण (फोटोफिचर)



न्युज अफ नेपाल, ललितपुर ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण देश करिब डेढ महिना देखि लकडाउनमा छ । लकडाउनका कारण गरिब तथा विपन्न परिवारलाई छाक टार्न नै समस्या परेको छ । सोही समस्यालाई मध्यनजर गर्दै ललितपुर महानगर वडा नं. १५ को आयोजना तथा सात दोबाटो युथ क्लबको  सहकार्यमा समस्यामा परेका बिद्यार्थी ,मजदुर ,वृद्ध , बालबालिका लगायतका विपन्न परिवारका सदस्यहरुलाई खाना खुवाउँदै आईएको छ ।

वडाले क्लबसंगको सहकार्यमा गएको एघार दिनदेखि सात दोबाटो स्थत महेन्द्र आदर्श विद्यालयमा दैनिक २५० जनालाई बिहान साँझ खाना खुवाएको जनाएको छ । आज खाना खुुुवाउने अन्तिमदिन हो। आज ११दिन सकिएसगैं क्लबले रासन अभावका कारण उक्त कार्य स्थगित गरेकाे छ ।

अबको दिनहरुमा पनि यसलाई निरन्तरता दिनका लागी अहिले ललितपुर महानगरपालिकामा बैठक पनि बस्न लागेको वडादक्ष्यले  जानकारी दिनुभएको छ । ‘बी’ डिभिजनका १२ क्लबहरू बीच सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भईरहेको खेल कोरोना भाइरसका कारण अहिले स्थगित भएको छ ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्