डिब्रुएनले सिटीमा भविष्यबारे विचार गर्ने



लन्डन, (एजेन्सी)

मिडफिल्डर केभिन डिब्रुएनले यदि म्यानचेस्टर सिटीलाई युरोपेली प्रतियोगितामा दुई वर्षको प्रतिबन्ध कायम गरेमा उनको सिटीमा भविष्यबारे विचार गर्नुपर्ने बताएका छन् ।

सिटीले फेबु्रवरीमा युएफाको क्लब इजाजत पत्र र वित्तीय निष्पक्ष खेल नियमको उल्लघन गरेको पाएको थियो । इंग्लिस क्लबले खेलकुदको लागि मध्यस्थता अदालतमा उजुरी दिएको छ । २८ वर्षीय डीब्रुएनले हेट लाटसे अखबारमा बताए—निर्णय भएपछि म सबै कुराको समीक्षा गर्नेछु । दुई वर्ष भनेको लामो हुनेछ, तर एक वर्षको मामिलामा मैले हेर्न सकिन्छ ।

म पर्खिरहेको छु, क्लबले हामीलाई भनेको छ कि उनीहरुले उजुरी दिइरहेको छ र उनीहरु १०० प्रतिशत सही छन् । त्यसैले म के हुनेछ त्यसको पखाईमा छु, म टिमलाई विश्वास गर्छु ।

बेल्जियम अन्तर्राष्ट्रिय खेलाडी डीब्रुएन सन् २०१५ अगस्टमा ५५ मिलियन पाउन्डमा वोल्फस्बर्गबाट सिटीमा आबद्ध भएका थिए । उनले सिटीलाई अघिल्ला दुई सिजनमा प्रिमियर लिग उपाधि दिलाउन सहयोग गरेका छन्। तापनि उनीहरु च्याम्पियन्स लिगको सेमिफाइनलभन्दा माथि पुग्न सकेको छैन ।

हाल फुटबल कोरोनाभाइरस महामारीको कारण मार्चदेखि बन्द छ । सिटी प्रिमियर लिगको अंकतालिकामा शीर्ष टोली लिभरपुल भन्दा २५ अंकले पछाडि छ । तर च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्ने अवस्थामा छ । टोलीले अन्तिम १६ को पहिलो लेगमा रियल मेड्रिडलाई २–१ ले हराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्