बेलको चासो एमएलएसतिर



लन्डन, (एजेन्सी)

वेल्सका विन्गर गेरेथ बेलले उनको करियर अमेरिकी मेजर लिग सकर (एमएलएस) मा चासो भएको खुलासा गरेका छन् । रियल मेड्रिडका बेलले सान्टियागो बेर्नाबेउमा भविष्य नभएको स्विकार गर्दै एमएलएसमा स्थानान्तर हुने सोच बनाएका हुन् । सन् २०१३ मा उनी टोटनहामबाट मेड्रिडमा विश्व कीर्तिमानी ट्रान्सफर रकम १०६ मिलियन डलरमा आबद्ध भएका थिए । ह्वाइट हार्ट लेनमा हुँदा उनी युरोपमा उत्कृष्ट युवा खेलाडीमध्ये एक थिए ।

बेलले ४ च्याम्पियन्स लिग र एक ला लिगासहित १३ प्रमुख उपाधि जितेका छन् । उनले सबै प्रतिस्पर्धामा गरेर २ सय ४६ खेलमा १ सय ५ गोल गरेका छन् । यसको बावजुद पछिल्लो वर्षमा उनी बेन्चमै सीमित भएका छन् । साथै प्रमुख प्रशिक्षक जिनेदान जिदानसँग चिसो सम्बन्धले पनि उनले मेड्रिडमा भविष्य नदेखेका हुन् । ३० वर्षमा पुगेका उनी मेड्रिडका लागि लामो समयसम्म रहने कुनै ग्यारेन्टी पनि भएन ।

गत सिजनमा चाइनिज सुपर लिगको एक क्लबले बेललाई प्रस्ताव राखेकोमा जिदानले उनलाई रोकेका थिए । ट्रान्सफर मार्केट पुन खोल्यो भने बेल संभवत प्रिमियर लिगमा फर्कन सक्नेछन् । अनुभवी एट्याकरसँग म्यानचेस्टर युनाइटेड र उनकै पूर्व क्लब टोटनहाम हालै महिनामा सम्पर्क रहेका छन् । तर उनी एमएलएसतिर जान पनि सक्नेछन् ।

उनले एकपटक भनेका थिए—‘एमएलएस केही वर्षदेखि राम्रो हुदैछ । मलाई यो लिग साँच्चिकै मनपर्छ । स्तर बढीरहेको, क्लबहरुले उन्नति गरिहेको तथा सुविधा र रंगशाला विकास भइरहेको छन् ।’ धेरै जसो खेलाडी अहिले अमेरिका आउन चाहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्