काठमाडौं, (नेस) ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का महासचिवमा डा. भरतराज गौतमलाई नियुक्त गर्नुभएको छ ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको संयुक्त सिफारिसमा डा. गौतमलाई महासचिवमा नियुक्त गरिएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार नेपालको संविधानको धारा १०६ को उपधारा ९१० बमोजिम डा. गौतमलाई संघीय संसद्का महासचिवमा नियुक्त गरिएको हो ।
डा. गौतम साविक लामाचौर–५ कास्कीका स्थायी बासिन्दा हुनुहुन्छ । डा. गौतम वरिष्ठ सचिवका रूपमा संसद् सचिवालयमा कार्यरत हुनुहुन्थ्यो ।
विसं २०५१ चैत २१ गते शाखा अधिकृतका रूपमा संसद् सेवामा प्रवेश गरेका उहाँ जनप्रशासनमा ‘गोल्ड मेडलिस्ट’ हुनाका साथै त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन व्यवस्थापनमा विद्यावारिधि हुनुहुन्छ । आज मंगलबार सभामुखसँग पद तथा गोपनीयताको शपथ लिएपछि उहाँले कार्यभार सम्हाल्नुहुने बताइएको छ ।











प्रतिक्रिया