नेपालगञ्जमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि


न्युज अफ नेपाल, नेपालगञ्ज ।

नेपालगञ्जमा आज (मंगलबार) थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालगञ्जमा मात्रै संक्रमितको संख्या २३ पुगेको छ ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

योसँग नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८२ पुगेको छ ।

नेपालगञ्जमा मंगलबार संक्रमण पुष्टि हुनेहरुमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९, ३२, ३४ र ५५ वर्षीया महिला भएको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।