‘मेरो बायोपिकमा सलमान खानले खेलून’– शोएब अख्तर



नयाँ दिल्ली, एजेन्सी ।

पाकिस्तानी पूर्व तेज बलर शोएब अख्तरले यदी आफ्नो जीवनमा आधारित फिल्म बनेमा सलमान खानले आफ्नो भूमिका खेलेको हेर्ने इच्छा ब्यक्त गरेका छन्।रावलपिन्डी एक्सप्रेस नामबाट चर्चित शोएब अख्तरले हालसालै यो कुरा सार्वजनिक गरेका हुन् । यदि उनको बायोपिकमा आधारित फिल्म बन्यो भने कसले भूमिका निर्वाह गरेको हेर्न चाहनुहुन्छ भन्ने एउटा प्रश्नमा उनले तत्कालै सलमान खान लिएका थिए ।

शोएबका समर्थक यी दुईबीच धेरै समानता रहेको मान्छन् । शोएबको क्रिकेट करियर एक्सनले भरिपूर्ण रहेको थियो । यता सलमान खानले पनि बितेको १० वर्षमा थुप्रै एक्सन फिल्महरू खेलेका छन् ।

सन् २००६ मा रिलिज भएको हिन्दी फिल्म ग्यांगस्टरमा सलमान खानले लिड रोलमा शोएब अख्तरले खेल्न सक्ने बताएका थिए । सलमानको त्यस्तो अभिब्यक्तिको पछाडि वास्तविकता थियो । महेश भट्टको उक्त फिल्ममा ग्यागंस्टर बन्नका लागि सुरुमा शोएब अख्तरलाई नै प्रस्ताव गरिएको कुरा अख्तरले एउटा अन्तर्वार्तामा खुलासा गरेका थिए । तर, आफू क्रिकेटमा ब्यस्त भएका कारण उक्त प्रस्तावलाई अस्वीकार गर्नुपरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्