एन्फाद्वारा फुटबलर समिक्षालाई आर्थिक सहयोग



न्युज अफ नेपाल, काठमाडौं ।

विराटनगर आँखा अस्पतालमा उपचार गराइरहेकी महिला फुटबलर समिक्षा मगरलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आर्थिक सहयोग गरेको छ ।

एन्फाका सहायक महासचिव बसन्त अर्यालले समिक्षाका बुबाआमालाई शुक्रबार २५ हजार रुपियाँ दिएका हुन् । एन्फाले जनाएनअनुसार यो सहयोगसँगैं उनको उपचारको लागि थप आर्थिक सहयोग गर्नेछ । यसअघि विराट सांग्रिला स्पोर्टिङ क्लबले समिक्षाको उपचारका लागि २५ हजार आर्थिक सहयोग गरेको छ ।

उदयपुरको बेलका नगरपालिका ५ की समिक्षाको आँखामा वैशाख १२ गते बारीमा काम गर्ने क्रममा चोट लागेको थियो । समिक्षाकी प्रशिक्षक भगवती रानामगरले आँखामा गम्भिर चोट लागेको र त्यहाँ उपचार सम्भव नभए काठमाडौं लाने योजना रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्