युरोपियन लिग पुन: शुरु हुनेमा सन्देह



म्युनिक, (एजेन्सी)

आगामी मे ९ मा फर्कने आस गरेको बुन्डेसलिगा सो समयमा पनि पुन संचालन हुन नसक्ने भएको छ । जर्मनीले कोरोनाभाइरस संक्रमणलाई न्युन गर्न लकडाउनलाई अझै कडा गर्न लागेको छ । जर्मनको शीर्ष लिगले मे ९ मा फुटबल आयोजना गर्न तयारी गरेको थियो । क्लबहरुले प्रशिक्षण पनि शुरु गरिसकेका छन् । फुटबल फर्काउन खेलाडीले केही शर्त पनि पालना गर्नु पर्ने प्रावधान राखेको थियो ।

फुटबल प्रमुखले मैदानमा बढीमा ३ सय व्यक्तिलाई मात्र राख्ने योजना राखेका थिए । जसमा ४ जना प्रहरी, १० जना पत्रकार, ४ जना बल किड्स, ८ जना ग्राउन्डस्म्यान र ५० जना सुरक्षाकर्मी हुनेछन् । यसको मतलब समर्थकको लागि कुनै स्थान छैन ।

ट टाइम्सले बुधबार जनाएअनुसार चान्सलर एन्जेला मर्केलले लकडाउनलाई अझ कडाका साथ गर्ने हेरिरहेकी छन् । उनले कोरोनाभाइरसको केस दोब्बर नहोस भन्ने हेतुले लकडाउनलाई कडा बनाउन लागेकी हुन् । मर्केलले यदि केस सानो संख्याले दोब्बर वा तेब्बर भएमा अस्पतालहरुलाई गाह्राे हुने चेतावनी पनि दिएकी छन् । उनले बताइन—हामीले जोखिम मोल लिन सक्दैनौ ।

उता स्पेनी ला लिगालाई भने त्यहाँका प्रधानमन्त्री पेड्रो सान्चेजको घोषणाले लाइफलाइन पाएको छ । सान्चेजले फुटबलरहरुसहित अन्य खेलाडीहरुले मे ४ मा फेरि व्यक्तिगतरुपमा प्रशिक्षण गर्न सक्ने बताएका हुन् । स्पेनमा कोरोनाभाइरस संक्रमणले ठूलो क्षति पु¥याएको छ । त्यहाँ २ लाख ३२ हजार केस रहेको र हालसम्म २४ हजारको हाराहारीमा मान्छेले ज्यान गुमाइसकेका छन् ।

स्पेनमा मार्च १४ देखि ६ हप्तासम्म पुरै लकडाउन भएको छ । यसै महिनाको शुरुमा प्रत्येक दिन ९ सय ५० भन्दा बढीको मृत्यु भएर बच्चाहरुले बाहिर खेल्न पाएका थिएनन् । तर यो संख्या हाल घटेर ३ सय १ मा पुगेको छ । स्पेनी प्रधानमन्त्रीले मृत्युसंख्या घटेको अवस्थापछि फुटबल लिगसहित अन्य खेल सुचारु गर्न सक्ने संकेत दिएका छन् ।

ला लिगाका अध्यक्ष हाभिएर टेबासले बताए—मलाई यो बुझ्न सकेको छैन कि किन बन्द रंगशालामा फुटबल खेल्नु धेरै खतरा भएको छ । सबै सावधानीका नियमहरु पालना गरिहाल्छ । यदि महत्वपूर्ण आर्थिक क्षेत्रलाई पुनसुचारु गर्न नसकेमा सबै सकिनेछ । यस्तो व्यवसायिक फुटबलमा हुन सक्नेछ । अर्को देशका टिमहरुले प्रशिक्षण शुरु गरिसकेको छ । यो उदाहरणलाई पछ्यायौं।

यस्तै इंग्लिस प्रिमियर लिगलाई पनि रद्द गर्न फिफाको चिकित्साका प्रमुखले सम्झाइरहेका छन् । मिशेल डिहूघेले घातक कोरोनाभाइरसको महामारीलाई दोस्रो विश्व युद्धसँग तुलना गर्दै भने–फुटबल सेप्टेम्बरसम्म पुन शुरु हुदैन । विश्व नै फुटबल प्रतिस्पर्धाको लागि तयार छैन ।

अहिलेको क्षणमा प्राथमिकता भनेको स्वास्थ्य र औषधिमा दिनुपर्छ । त्यसैले मैले सबैलाई भनेको छु कि पुन खेल शुरु गर्न अघि धेरै सतर्कता हुनुपर्छ । यदि २०२०–२१ को सिजन सेप्टेम्बरमा शुरु गर्न सक्यौ भने भाइरसबाट दोस्रो पटक आक्रमण हुनबाट बच्न सक्छौ ।

उनले संक्रमण भएमा सबैलाई क्वारेन्टिनमा राख्नुपर्ने बताए । उनले भने—एक जना खेलाडी मात्रै पोजिटिभ भेटियो भने सबै खेलाडीलाई क्वारेन्टीनमा राख्नुपर्ने हुन्छ । अनि यो सामान्य प्रतिस्पर्धाको लागि समाधान बन्न सक्छ र?

प्रिमियर लिग क्लब ब्राइटनका खेलाडी मुरेले जीवन नै महत्वपूर्ण भएको बताए । उनले भने—मेरो जीवन र अरु मान्छेको जीवन नै मलाई महत्वपूर्ण छ, तर सबैभन्दा महत्वपूर्ण हाम्रो देशको स्वास्थ्य हो । प्रिमियर लिग पुन शुरु गर्न अरु कुराहरु सुरक्षा, बस चालक, फिजियो, डाक्टर, एम्बुलेन्सबारे सोच्नुपर्ने हुन्छ । मान्छेहरुलाई जोखिममा पु¥याएर उनीहरुलाई नर्कमा पठाइरहने सरह हुनेछ । कर्नरमा सामाजिक दुरी कसरी हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्