पदक विजेता खेलाडीको गुनासो



विजय नेपाली, पोखरा

हरेक खेलाडीको सपना भनेकै देशको लागि मेडल ल्याउनु हुन्छ । जुन सपना पुरा गर्न खेलाडीको जिवन नै वितेको हुन्छ । त्यसमा पनि नेपाली खेलकुदमा राष्ट्रको लागि पदक ल्याउनु निकै चुनौतीपुर्ण कुरा हो । नेपाली खेलकुदको विकास भने अहिले सम्म खेलाडीकै भरमा चलेको छ ।

हालै मंसिरमा सम्पन्न १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) सम्पन्न भयो जनु नेपालले आयोजना गरेको थियो । १३ औ सागमा नेपालले सम्मानजनक नतिजा हासिल ग¥यो भने केहि खेलमा इतिहास समेत बनाउन सफल भयो ।

१३ औ सागमा पदक विजेता खेलाडीलाई राज्यले र केहि प्रदेशले समेत आफ्ना खेलाडीलाई सम्मान ग¥यो तर गण्डकी प्रदेशका खेलाडीले भने त्यो अवसर पाएनन् । राष्ट्रको भन्दा पहिला खेलाडी जिल्लाको हुन्छ र प्रदेशको हुन्छ ।

अन्य प्रदेशले सागमा पदक विजेता खेलाडीलाई सम्मान गर्दा गण्डकी प्रदेशले सम्मान नगरेको देख्दा निकै दुख लागेको पदक विजेता खेलाडीहरुले गुनासो गरे । गण्डकी प्रदेशका खेलाडीले भने आफ्नो प्रदेशको अभिभावकत्व नपाएको दुखेसो पोखेका छन् । १३ औ सागमा गण्डकी प्रदेशका खेलाडीले ३ स्वर्ण, १५ रजत र १६ कास्य हात पारेका थिए ।

गण्डकी प्रदेशका नविन रसाइली कराते (वाग्लुङ), पार्वती गुरुङ (लम्जुङ) र स्याङ्जाकी प्रशांसा क्षेत्रीले स्वर्ण हात पारे भने टेनिस इतिहासमा पहिलो पटक नविन पुनमगर र प्रदिप खड्काले रजत ल्याउदैँ इतिहास समेत रचेका थिए । उता महिला भलिबलमा समेत निकै उत्कृष्ट प्रर्दशन गर्दै पदक जित्दा भलिबलको कप्तानी पनि बाग्लुङकी अरुण शाहीले गरेकी थिइन् । उनको कम्तानीमा रजत जित्न नेपाल सफल भएको थियो । यी बाहेक महिला ह्याण्डबलमा पनि गण्डकी प्रदेशका खेलाडीको उत्कृष्ट प्रदर्सन गरेका थिए ।

अब आसपनि हराउन लाग्योः नविन रसाइलीँ ( स्वर्ण विजेता)
नविन सितेरियो करातेँका खेलाडी हुन वाग्लुङ जिल्लाका उनले १३ औँ सागमा स्वर्ण पदक हात पार्दै राज्यको शिर उच्च बनाए भने गण्डकी प्रदेशको शान बने तर त्यहि शानलाई अहिले प्रदेशले बेवास्ता गरेको हो की भन्ने देखिन्छ ।

नदेखियोस पनि कसरी अन्य प्रदेशले आफ्नो खेलाडीलाई सम्मान गरिरहँदा गण्डकी प्रदेशले नगरेको देख्दा पदक जितेर घरमा आउँदा पनि आफ्नै अभिभावकले नजरअन्दाज गर्दा । उनी भन्छन् हामिले राज्यको लागि भन्दा पहिला प्रदेशको लागि खेलेका हौँ ।

तर आफ्नै ठाउँबाट केहि नपाउँदा दुख त लागको छ अब त आसपनि हराउन लागि सक्यो ।” ७ औँ राष्ट्रिय खेलकुदबाट नै विभागीय क्लब नेपाल पुलिसले बोलाउँदा समेत गइएन । म ७ औ खेलिन तर ८ औँ भने यहिँ प्रदेशको प्रतिनिधित्व गर्दै खेलेको थिए । तर देशकै लागि खेल्दा भने माला र खादा समेत पाइएन ।”
विभागीयमा नगइ खेल जिवन बनाउन सकिदैँन रहेछ अन्य विकल्प नभएपछि अहिले कन्ट्रयाक्टमा पुलिसमा आबद्ध भएको छु त्यहाँ धेरै सुुविधा छ खेलहरु खेलिराख्न पाइन्छ ।” अघि नै गरेको भए निकै गर्व महसुस गर्न हुनेथियो भने निकै खुसि पनि मिल्थ्यो तर अब त केहि महसुस हुदैँन बिर्सिन थालिसकेँ ।”

अभिभावक नै खुसी नभएको महसुस भएको छ: प्रसंशा क्षेत्र (स्वर्ण विजेता)
स्याङ्जा जन्म थलो बनाएकी प्रसंशाले कास्कीलाई खेल क्षेत्रको रुपमा राखिन र १३ औँ सागमा सफलता हात पार्दै देशको लागि स्वर्ण दिलाइन् । देशको लागि पदक ल्याउने मध्येकी एक प्रसंशाले पनि निकै दुख खेप्दैँ तेक्वान्दोमा उचाइ हासिल गरिन र आफ्नो क्षेत्रको हिरो बन्न सफल भइन् । गण्डकी प्रदेशकी खेलाडी उनले राज्यबाट सम्मान पाउन सकिन तर आफ्नै अभिभावकबाट भने पाउन सकिनन् ।

“अन्य प्रदेशमा सम्मान गरेका रहेछन् तर हाम्रो प्रदेशले हामिलाई अहिले सम्म केहि गरको नदेख्दा निकै दुख लागको छ । आफ्नै अभिभावक नै खुसी नभएको महसुस भएको छ ।” आफ्नो अभिभावकबाट केहि नभएपनि फुलमालाकै मात्र सम्मान पाएपनि हौसला मिल्ने थियो । आखिर सम्मान भनेको सम्मान नै हो ।”

२०–२५ रुपैयाँको खादाले नै भएपनि सम्मान गरको भए हुने: प्रदिप खड्का÷नविन मगर (कास्य विजेता)
प्रदिप खड्का र नविन पुनमगर टेनिस खेलाडी हुन १३ औँ सागमा उनीहरुले टिम इभेन्टमा कास्य पदक ल्याउन सफल भए । गण्डकी प्रदेशका प्रभावशाली खेलाडीको रुपमा समेत रहेका उनीहरुले ७ औँ र ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत प्रदेशको लागि पदक हात पारेका छन् ।

देशको लागि मेडल ल्याएर राज्यले सम्मान नगरेको देख्दा निकै दुख लागेको उनीहरुको भनाइ रहेको छ । प्रदिपले सम्मान गर्छकी भन्ने आस रहेको बताए । “अब प्रदेशकै खेलाडी भएर खेल जिवन अघि बढाएका छौँ । राज्यले भन्दा पहिला प्रदेशले सम्मान गर्न पर्ने तर गरेको छैन । २० रुपैँयाको खादाले मात्र सम्मान गरेको भएपनि हौसला मिल्ने थियो ।” अहिले सम्म केहि प्रतिक्रिया आएको छैन । अन्य प्रदेशमा सम्मान गरको देख्दा आफ्नोले नगर्दा मन खिन्न हुन्छ ।”

त्यस्तै नविन पुन मगरले पनि प्रदेशले २० रुपैयाको खादाले नै सम्मान गरको भएपनि निकै महत्व राख्ने बताए । “हामिलाई प्रदेशले हौसला नदिएको जस्तो लागको छ । ठुलो सम्मान पनि चाहिएको होइन् । जसरी गरे पनि सम्मान गरको भए हुने हो ।”

प्रदेशले खेलाडीलाई नबुझेको हो की: अरुणा शाहि
अरुणा शाहिको नेतृत्वमा रहेको नेपाली महिला भलिबलले सागमा रजद पदक हात पा¥यो । नेपाललाई सफलता दिलाउन टिमको नेतृत्व म्याग्दीकी अरुणा शाहिले गरेकी थिइन् । नेपाल सरकारले सम्मान गरेपनि आफ्नो क्षेत्रले नगरेको देख्दा नरमाइलो लागको बताउछिन ।

“हामिले गर्नुपर्ने काम हामिले गरेको हो अब उहाँहरुले बुझेर गर्नपर्ने काम हो गर्नुभएन । अन्य प्रदेशमा खेलाडीलाई सम्मान गरेको समाचार देख्दा हाम्रोले पनि गर्छ होला भन्ने लागको थियो अब त केहि आस छैन ।” नेपाल सरकारले गरेपनि प्रदेशले नगरेको देख्दा खेलाडीलाई नबुझेको हो की भन्ने लागेको छ । आफ्नो प्रदेशले नगरको देख्दा नरमाइलो त लाग्छनै प्रदेशले खेलाडीलाई चासो नदिएको हो कि जस्तो महसुस निकै भएको छ ।”

खेलाडीको आत्मबल बढाउन आवश्यक छ । अब आउने नयाँ पिढिलाई प्ररित हुने किसिमले केहि गरे राम्रो हुनेछ । त्यसले पोजेटिभ मेसेज जान्छ अब उनीहरुले हामिबाट नै सिक्ने हो । फुलले नै सम्मान गरेपनि त हुने थियो नि ।”

प्रतिक्रिया दिनुहोस्