फ्रान्समा सबै खेलकुद सकिएको घोषणा



पेरिस, (एजेन्सी)

फ्रान्सले सेप्टेम्बरसम्म बन्द रंगशालामा खेलाउने फुटबलसहित सबै खेलकुद सेप्टेम्बरसम्म प्रतिबन्ध लगाएपछि फ्रेन्च लिग वान र लिग टु पुनः सञ्चालन नहुने भएका छन् ।

फ्रान्सका प्रधानमन्त्री एडुअर्ड फिलिपले २०१२–२० खेलकुदको सिजन समाप्त भएको घोषणा गरेका हुन् । फिलिपले ११ मे मा लकडाउनलाई सहज पार्न योजना बनाएको बताए । फ्रेन्च फुटबलको निकायले १७ जुनदेखि जारी सिजन पुन सञ्चालन गरेर २५ जुलाईमा सम्पन्न गर्ने आशा गरेको थियो । फ्रान्समा १३ मार्चदेखि फुटबल स्थगित भएको हो ।

लिग डी फुटबल प्रोफेसनल (एलएफपी) ले जारी सिजन प्रोमोसन, रेलिगेसन र विजेता तय नगरी रद्द गर्नेछ वा वर्तमान अंक तालिकाअनुसार नतिजा निकाल्नेछ त्यो पक्का भएको छैन । वर्तमान विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लिग वानमा मार्सेलीमाथि १२ अंकले अग्रता लिँदै शीर्ष स्थानमा रहेको छ । लिग वानमा १० चरणको खेल खेल्न बाँकी रहेको छ ।

अंक तालिकाअनुसार टु लुज पुछारमा रहेको छ भने एमियन्स १९औं स्थानमा छ । यी दुवै टोली रेलिगेसन (लिग टु मा घटुवा हुने) स्थानमा रहेका छन् । फ्रेन्च लिगमा पुछारका दुई टोलीलाई रेलिगेसन गर्ने प्रावधान बनेको छ ।

यो सिजनमा युरोपेली लिगहरुले २५मेसम्म युरोपेली फुटबलको सर्वोच्च निकाय यूएफालाई सिजन सकिएको वा रद्द गर्ने निर्णयबारे जानकारी गराउनेछ । यस क्रममा शुक्रबार डचको शीर्ष लिग कुनै बढुवा वा घटुवा र विजेताबिना नै सकेको घोेषणा भएको थियो । सोमबार बेल्जियम क्लबहरुले अर्को हप्तासम्म शीर्ष लिग रद्द भएको पुष्टि गर्न मतदान गर्नेछन् ।

यस्तै डच एफएका प्रमुखले बीबीसी खेलकुदलाई भने कि प्रिमियर लिगले २०१९÷२० को अभियान पुरा गर्नेमा धेरै शंकास्पद छ । यूएफाले मैदानको प्रदर्शनलाई निर्धारण गरेर कुन क्लब अर्को सिजनको युरोपियन क्लब प्रतिस्पर्धामा छनोट हुने जनायो । यदि लिग सिजन समाप्त नभएमा राष्ट्रिय संघहरुले युरोपका लागि क्लबहरु छनोट गर्नुपर्ने यूएफाले बतायो ।

प्रतिक्रिया दिनुहोस्