टोक्यो ओलिम्पिक आयोजना असंभव



टोक्यो,एजेन्सी ।

टोक्यो ओलिम्पिक समिति का अध्यक्ष योशिरो मोरीपछि जापानका प्रधानमंत्री शिंजो आबेले बुधवार बताए कि अर्को वर्ष पनि ओलम्पिक हुने असंभव छ । कोरोनाभाइरसमाथि नियन्त्रण नगरी २०२१ मा ओलिम्पिक आयोजना नसक्ने आबेले बताए । उनले बताए कि हामी लगातार यो भनिरहेका छौ कि ओलिंपिक र पारालिंपिक बिना कुनै परिवर्तनमा हुनुपर्छ ।

तर यसको लागि अवस्था यस्तो हुनु प¥यो कि खेलाडीका साथै दर्शक पनि सुरक्षितरुपमा सहभागि हुन सकौं । आबेले विपक्षी पार्टीका सांसदद्वारा टोक्यो ओलिंपिक आयोजनाको विषयमा प्रश्न गरेकोमा जवाफ दिएका थिए । अंतरराष्ट्रीय ओलिंपिक संघ र जापान सरकारले गत महिना ओलिंपिकको आयोजना जुलाई २०२१ सम्म हुने गरी स्थगित गरिएको थियो । ओलिम्पिकको आयोजना २१ जुलाई मा हुने जनाएको थियो ।

एक दिन अघि नै टोक्यो २०२० आयोजक समितिले बतायो कि यदि अर्को वर्षसम्म कोरोना महामारी नियन्त्रणमा आउन सकेन भने यी खेललाई रद्द गर्नुपर्ने हुन्छ । कोरोनाभाइरसँगको लडाई ‘एक अदृश्य शत्रुविरुद्ध युद्ध’ को संज्ञा दिएको थियो । यसअघि, जापान मेडिकल एसोसिएशनका प्रमुख योशिटेके योकोकुराले यदि भाइरसको खोप आएन भने त अर्को वर्ष पनि यी खेलको आयोजना गर्न मुश्किल हुने चेतावनी दिएका थिए ।

हालसम्म टोक्योमा कोरोना संक्रमण ११२ जनाको से आएको छ । अहिलेसम्म देशमा १३ हजारभन्दा बढीलाई भाइरस संक्रमण भएको छ । जबकी यहाँ मृत्यु हुनेको संख्या ४१३ रहेका छन्। यो अन्य देशको तुलनामा कम मानवीय क्षति हो । तर पनि आलोचकले सरकारको तैयारीमाथि प्रश्न चिन्ह लगाएको छ । उनीहरुको अनुसार जापान यस महामारीको संक्रमणको जरा सम्म पुग्न आवश्यक परीक्षण गरिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्