डिबाला चौथो पटक पनि पोजेटिभ



लन्डन, एजेन्सी।

इटालीयन सिरी ए क्लब यूभेन्टसका अर्जेन्टिनी फुटबलर पाउलो डिबाला चौथो पटकको कोरोना परिक्षणमा पनि पोजेटिभ नै देखिएका छन्। ६ साताअघि कोरोना संक्रमित भएका उनमा यो समेत चौथो पटक कोरोना परिक्षण गरिएको हो।

जसमा उनी अझैपनि संक्रमणमुक्त नभएको पाइएको छ। गत मार्च २१ मा डिबाला र उनका प्रेमीका ओरियाना सबाटिनीमा कोरोना पोजेटिभ देखिएको थियो। केही दिनअघि मात्र डिबालाले श्वास प्रश्वास सहज हुँदै गएको र आफ्नो स्वास्थ्यमा सुधार आएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्