यूइएफए सदस्यले ४.३ मिलियन युरो पाउने



लन्डन, (एजेन्सी)

युरोपियन फुटबल महासंघ यूइएफएले आफ्ना प्रत्येक सदस्य राष्ट्रलाई ४.३ मिलियन युरो सहयोग गर्ने भएको छ। हाल कोरोना भाइरसका कारण फुटबल गतिविधि बन्द रहेको अवस्थामा पनि यूइएफएले आफ्नो सहयोगलाई जारी राख्ने भएको हो।

युरोपमा फुटबल गतिविधि ठप्प रहेको अहिलेको अवस्थामा युइएफएले आफ्ना सदस्य राष्ट्रमा कुल २ सय ३६.५ मिलियन युरो सहयोग गर्ने भएको छ। जसअनुसार यूइएफएमा आबद्ध युरोपका प्रत्येक ५५ सदस्य राष्ट्रले ४.३ मिलियन युरो सहयोग पाउनेछ ।

फुटबल बन्दभएपछि परेको आर्थिक भारलाई कम गर्नका लागि युइएफएले यस्तो सहयोग गर्न लागेको हो । केही दिनअघि फिफाले पनि आफ्ना सदस्य राष्ट्रलाई ५ लाख डलर सहयोग गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्