खेल संचालनमा जर्मन वैज्ञानिकको फरक दृष्टिकोण



म्युनिक, एजेन्सी।

जर्मन बुन्डेसलिगाको आगामी मे ९ मा खेल संचालन गर्ने योजनामा जर्मन वैज्ञानिकद्वारा फरक दृष्टिकोण राखेका छन् । यदि सरकारबाट अनुमति पाएमा जर्मनीको शीर्ष श्रेणीले अर्को महिनादेखि बन्द रंगशालामा स्थगित लिगलाई पुन संचालन गर्न तयारी गरेको हो ।

तर प्राध्यापक उवे जी लाइबर्टले सरसफाईको नियममा बसेपनि त्यो सुरक्षाको लागि पर्याप्त नहुने बताए । बुन्डेसलिगाले दर्शक नराख्ने, खेलाडीको नियमित जाँच गर्ने र खेलाडीको अनुगमन गर्ने जस्ता सरसफाइका उपायहरु अपनाउने बताएको थियो ।

लाइबर्टले मिटेल्डुएत्से जेइटुंगलाई बताए—हामी कोभिड १९ विरामीमा कति समयसम्म असर गर्छ भन्ने कुराबाट अनभिज्ञ छौं । कम उमेरमा भाइरसबाट मर्ने वा संभवत यो धेरै विरामी पार्ने हो । ४८ घण्टापछि मात्र संक्रमण पत्ता लगाउन सकिन्छ, मेरो दृष्टिकोणमा फुटबलरसँग सबै सम्पर्कमा हुन्छन् । यस्तोबेला सबैजनाले क्वारेन्टिनमा बस्नुपर्छ, प्रतिद्वन्द्वी टिमले पनि बस्नुपर्ने हुन्छ ।

जर्मनीमा आगामी अगस्टको अन्त्यसम्म ठूलो संख्यामा भेला हुन बन्देज लगाइए पनि फुटबल हुन लागेको हो । लिगमा सबै १८ टोलीले २५/२५ खेल खेलिसकेका छन् भने वेर्डर ब्रेमेन र इनट्राक्ट फ्रान्कफर्टले २४ खेल खेलका छन् । बायर्न म्युनिखले बोरुसिया डर्टमन्डमाथि ४ अंकको अग्रता लिँदै अंकतालिकाको शीर्ष स्थान ओगटेको छ ।

प्रतिक्रिया दिनुहोस्