सिजन रद्दको निर्णय उल्टिन सक्ने



एमस्टर्डम, एजेन्सी।

डच एरिडीभिजीले यस सिजनलाई रद्द गरेको निर्णय उल्टाउने सक्नेछ । क्रुद्ध बनेका क्लबहरुले सिजन रद्द गरेकोमा कानुनी कार्वाहीको चेतावनी बढेपछि निर्णय उल्टिन सक्ने भएको हो । कोरोनाको कारण गत साता हल्यान्डको शीर्ष श्रेणीले यस सिजन विजेता, घटुवा र बढुवाको टुंगो नलागी रद्द भएको घोषणा गरेको थियो ।

दोस्रो श्रेणीमा शीर्ष स्थानमा रहेको क्यामबूर ११ अंकले अगाडि रहेको छ । टोली शीर्ष श्रेणी एरिडीभिजीमा बढुवा हुन धेरै निकट छ । तर एलान पार्ड्युले भने सो निर्णयपछि राहतको श्वास लिएका थिए । उनको टोली डेन हाग रेलिगेसनमा झर्ने संभावनामा रहेको छ । जबकी आयक्स र एजेड अल्कमार भने निरास भएका थिए , उनीहरु यस सिजनमा विजेता बन्ने होडमा छन् ।
डच फुटबल कोभिड १९ समस्याद्वारा ग्रसित भएको छ । डच फुटबल संघ (केएनभीबी) ले सरकारसँग ३५० मिलियन पाउन्डको सहयोग अपेक्षा गरेको छ । यसले आर्थिक नोक्सानीबाट उम्कने केएनभीबीले बताएको छ । डच राजनीतिज्ञ मार्क बौमान्सले बताए—सोच्दा यो उल्टिन सक्नेछ । मेरो भनाइ यो हो कि यदि आधा संख्यामा एक मात्रै बढी क्लबले चाहेमा निर्णय उल्टिन सक्छ , यो संभव छ ।

प्रतिक्रिया दिनुहोस्