‘इटालियन सिरी ए’ पनि शुरु गर्न तयारी



मिलान, (एजेन्सी) । 

इटाली कोरोना भाइरस महामारीको दोस्रो चरणको विवरण घोषणा गर्न तयार हुँदा सिरी ए क्लबहरु मे ४ मा अभ्यासमा फर्कने तरखर गरेका छन् । युरोपमा कोभिड १९ को सबैभन्दा बढी प्रभावित देश इटाली बनेपछि सिरी ए स्थगित हुने पहिलो प्रमुख लिग हो । युभेन्टसका पाउलो डिबाला, डेनिएल रुगानी र ब्लेज मटुइडी जस्ता शीर्ष खेलाडीलाई कोभिड १९ संक्रमण भएको थियो ।

इटालीमा पछिल्लो समयमा कोभिड १९ बाट मर्नेको संख्या घटिरहेको छ । अस्पताल र आईसीयुमा आउने विरामीको चाप पनि घटेका छन् । यसको मतलब इटाली दोस्रो चरणको लागि तयार रहेको छ । इटालीका प्रधानमन्त्री गिउसेप कोन्टेले आईतबार पत्रकार सम्मेलनमा दोस्रो चरणको विवरण दिने क्रममा फुटबल क्लबहरु व्यक्तिगतरुपमा प्रशिक्षणमा फर्कन सक्ने संकेत गरेका थिए ।

हाललाई खेलाडीहरुले व्यक्तिगतरुपमा प्रशिक्षण लिनुपर्ने र त्यसपछि मे १८ पछि समूहमा प्रशिक्षण लिन सक्ने अनुमति दिइनेछ । प्रधानमन्त्री कोन्टेले राष्ट्रमा मर्नेको संख्या अझै घटेर जाने विश्वास लिएका छन् । सानो सानो समूह बनाएर सामाजिक दुरीमा प्रशिक्षण गर्नुपर्ने प्रधानमन्त्रीको आदेश छ ।

यदि अर्को चरण सफलतापूर्वक समाप्त भएमा सिरी ए ले मे २७ देखि जुन २ बाट खेलाउने शुरु गर्ने जनायो । सिरी ए ले जुलाईको मध्यमा सिजन सकाउने पनि लक्ष्य लिएको छ । अंकतालिकामा क्रिस्टियानो रोनाल्डो सम्मिलित टोली युभेन्टस शीर्ष स्थानमा रहेको छ । हालसम्म १२ चरणका खेल हुन बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस्