भानुआतुमा क्रिकेट आयोजना



सिड्नी, (एजेन्सी)। 

प्रशान्त टापु भानुआतुले कोनोनाभाइरसको महामारीले विश्वभरि खेल स्थगित भएको समयमा पनि शनिबार क्रिकेट आयोजना गरेको छ । भानुआतु क्रिकेटको सोसल मिडिया फेसबुकमा प्रत्यक्ष प्रसारण भएको थियो । १० ओभरको पुरुष क्रिकेटको मैत्री खेल भएपछि महिला सुपर लिग टी २० क्रिकेटको फाइनल खेल आयोजना भयो । सो प्रतियोगिताको उपाधि मेले बुल्स टोलीले जितेको थियो ।

विश्वभरि अन्तर्राष्ट्रिय क्रिकेटसँगैं प्रायजसो खेल महामारीको कारण स्थगित भएका छन् । सामाजिक दुरीको पालना गर्नुपर्ने हुँदा पनि खेल आयोजना गर्न जोखिम भएको अवस्था छ । तर भानुआटी क्रिकेट संघले जीवन सामान्य गर्न खेल आयोजना गरेको बताएका थिए ।

‘हामी यहाँ भानुआटुमा भाग्यशाली छौं र जीवन सामान्य अवस्थामा फर्किरहको छ, त्यसैले हामीले सोचे कि संसारलाई केही खेलकुद प्रदान गर्नु हाम्रो कर्तव्य हो ।’—संघका प्र्रमुख कार्यकारी शेन देइट्जले ट्वीटरमा पोस्ट गरिएको एक भिडियोमा बताएका थिए। ‘हामीले आशा गरेका छौं कि विश्वभरिका हरेक व्यक्तिले भानुआटुबाट आउने शानदार क्रिकेट ट्युन गर्न र हेरेका छन् ।

तपाईहरु कोठामा बसेर भोग्नु परेको निरासाबाट छुटकारा पनि पाएको हुनसक्छ ।’ अस्टे«लियाको पूर्वी तटबाट २ हजार किलोमिटर दुरीमा रहेको भानुआटुमा ३ लाखको जनसंख्या रहेको छ । हालसम्म यहाँ एउटा पनि कोरोनाभाइरस संक्रमण नभेटिएको पनि जनाएको छ । भानुआटीमा गत महिनादेखि लकडाउन भएको छ, तर अप्रिल ६ मा आएको चक्रवातले त्यहाँ ठूलो क्षति पु¥याएको थियो ।

ेट खेल हेर्न मैदानमा सम्म आउने दर्शकलाई खाना र लुगा लिएर आउन समेत आग्रह गरेको थियो । देइट्जका अनुसार चक्रवातबाट पिडीतलाई राहत दिनको लागि खाना र लुगा ल्याउन आग्रह गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्