क्रिकेटमा बल टेम्परिङ वैध हुन सक्ने



लन्डन,एजेन्सी ।

कोरोनाभाइरस (कोभिड–१९) को कारण आउँदो समयमा क्रिकेटमा केही परिवर्तन देख्न पाउनेछ । कोरोना संक्रमणको सम्भावनाले गर्दा रातो बललाई चम्काउन अब थुकको सट्टा कृत्रिम पदार्थ प्रयोग गर्न अनुमति दिन सक्नेछ । क्रिकइन्फोको अनुसार अम्पायरले यस प्रक्रियाको निगरानी गर्नेछन् । आईसीसीको हालीय नियमअनुसार कृत्रिम पदार्थले बललाई चम्काउने बल टेम्परिङ गर्नु हो ।

हालै मात्रै अस्टे«लियाका क्रिकेटर स्टिभ स्मिथ बल टेम्परिङ गरेको आरोपबाट मुक्त भएका थिए । उनी र डेविड वार्नरले गत वर्ष दक्षिण अफ्रिकामा खाँक्सीले बल टेम्परिङ गरेको पाएपछि १ वर्ष प्रतिबन्धमा लागेको थियो ।

तर समयले नियमलाई परिवर्तन गर्न बाध्य बनाउँछ । यसै अनुसार आईसीसीले बल टेम्परिङलाई आउँदो समयमा वैध गर्न सक्नेछ । कोरोनाभाइरसको संक्रमणको खतराले गर्दा थुकले बल चम्काउने मुद्दालाई आईसीसीकी मेडिकल कमिटीका प्रमुख पीटर हरकोर्टले बैठकमा उठाएका थिए । हरकोर्टले भने—हाम्रो अर्को कदम अन्तर्राष्ट्रिय क्रिकेट पुन शुरु गर्नु हो, यसका लागि एउटा राम्रो रोडम्याप तयार गर्नुपर्छ । यसमा ती सबै परिवर्तनहरु सामेल गरिनेछ, जो क्रिकेट र खेलाडीलाई जरुरी हुन्छ।

हालै अस्टे«लियाका फास्ट बलर जोश हेजलवुडले पनि बताएका थिए कि आउँदो समयमा टेस्ट क्रिकेटमा बलिङ गर्न धेरै गाह«ो हुनेछ । उनले बताए—मलाई लाग्छ कि सेतो बलबाट बलिङ गर्न त ठिकै हुन्छ, तर टेस्ट क्रिकेट धेरै कठिन हुनेछ । यदि बललाई ८० ओभरसम्म ठिक राखेन भने बलको चमक खिइन्छ । यो ब्याटसम्यानका लागि ब्याटिङ गर्न सहज हुन जान्छ ।

भारतका पूर्व फास्ट बलर बेन्केटेश प्रसादले बलमा थुक लगाउन नहुने बताएका थिए । उनले बताए—क्रिकेट शुरु भएसँगैं केही समयका लागि पसीना प्रयोग गर्नुपर्छ किनभने खेलाडीको सुरक्षा सबैभन्दा माथि हुन्छ । थुकको प्रयोग गर्न घातक हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्