डच लिग रद्द



लन्डन, एजेन्सी।

विश्वभर फैलिएको कोरोना भाइरसको कारण नेदरल्याण्ड्सको शीर्ष डिभिजनको फुटबल लिग दी एरेडिभिज रद्द भएको छ।

नेदरल्याण्ड्स फुटबलको सरोकारवाला निकाए केएनभिबीले वर्तमान स्थितिमा २०१९/२० को सिजन खेल्न असम्भव भएको जनाउँदै डच लिग रद्द गर्नुपरेको जनाएका छन्। आगामी सेप्टेम्बर १ सम्म डच सरकारले मुख्य इभेन्टहरु स्थगित गरेपछि नेदरल्याण्ड्सको लिग रद्द गरिएको हो।

डच लिग रद्द भएसँगै २०१९/२० को सिजनमा अब कुनै क्लब च्याम्पियन र रेलिगेसन नहुने भएका छन्। त्यस्तै दोस्रो डिभिजनको कुनै पनि क्लबको पनि स्तरोन्नति हुने छैन।

प्रतिक्रिया दिनुहोस्