बुन्डेसलिगा मे महिनामा सुचारु हुने



लन्डन, एजेन्सी।

कोरोना भाईरसका कारण गत अप्रिल ३० देखि स्थगित रहेको जर्मन बुन्डेस लिगाको खेलहरु आगामी मे महिनादेखि सूचारु हुने पक्का भएको छ।जर्मनी लिग कमिटीको बिहिबार बसेको बैठकले स्थगित रहेको बुन्डेस लिगाका बाँकी खेलहरु आउँदो मे महिनामा शुरु गर्ने निर्णय भएको बताएको हो। लिग कमिटीका प्रमुख क्रिष्टियन सेफर्टले सरकारको निर्णय र अहिलेको अवस्थालाई मध्यनजर गर्दै लिग मे महिनामा खाली रंगशालामा म्याच खेलाउने निश्चित गरेको छ।

बिहिबार सम्पन्न ३६ वटा क्लबको भिडियो कन्फरेन्स लगत्तै सेफर्टले सिजनको सबै म्याच गर्ने निर्णय भएको बताएका हुन्। मे महिनामा लिग सुचारु गर्ने पक्का भएपनि कुन मितिबाट शुरु गर्ने भन्ने चाहिँ अहिले तय हुन बाँकी रहेको उनले बताए।

लिग कमिटीले कोरोना भाईरस परिक्षणका लागि ५ लाख युरो समेत सहयोग गर्ने जनाएको छ। अब लिग शुरु गर्दा ब्यक्तिगत स्वास्थ्य र खानाको परिक्षण र ब्यवस्थापनको प्रक्रिया र प्रत्येक खेलमाथि सुक्ष्म निगरानीको प्रतिबद्धता पुरापछि मात्र खेल्न दिईने सरकारले निर्देशन जारी गरेको सेफर्टले बताएका छन्।

सरकारको कडा निर्णय अनुसार लिगको प्रत्येक खेलको दिन स्टेडियममा बढीमा २ सय १३ जना मात्र उपस्थित हुन पाउने छ। रंगशाला वरिपरि भिडभाड गर्न बन्देज गरिएको छ।

प्रतिक्रिया दिनुहोस्