काउटिन्होलाई आबद्ध गर्न चेल्सी निकट



लन्डन, (एजेन्सी)। 

इंग्लिस प्रिमियर लिग क्लब चेल्सी फिलिप काउटीन्होलाई बार्सिलोनाबाट टोलीमा भित्र्याउन निकट पुगेको छ । ब्राजिली खेलाडीले जनवरी २०१८ मा एनफिल्ड छाडेर स्पेनी क्लबमा सम्झौता गरेका थिए । उनलाई अर्को प्रिमियर लिग क्लब आर्सेनलले पनि चासो देखाएको रिपोर्टले जनाएको छ ।बर्सिलोनाले जुन अपेक्षाका साथ काउटिन्होलाई सम्झौता ग¥यो त्यसमा उनी सफल हुन सकेनन् ।

बार्सिलोनाले उनलाई गत सिजनमा बायर्न म्युनिखमा ऋणमा पठाएको थियो । चेल्सीले २७ वर्षीय काउटिन्होलाई बुन्डेसलिगाबाट यस सिजन समाप्त गरेर फर्केपछि सम्झौतापत्रमा हस्ताक्षर गर्नेछ । काउटिन्होले बायर्नमा यस सिजनमा ३२ खेलमा ९ गोल गर्दा ८ एसिस्ट गरेका थिए । बायर्नले पनि उनलाई आबद्ध गर्न हेरिरहेको छ । यस सिजनको अन्त्यसम्ममा उनलाई १०५ मिलियन पाउन्डमा तिर्ने जर्मन क्लबले बताएको थियो ।

लिभरपुलका पूर्व खेलाडी काउटिन्होमाथि यतिबेला युरोपका शीर्ष टोलीहरुले क्लबमा भित्रयाउन चासो देखाइरहेका छन् । आर्सेनल, चेल्सी, टोटनहाम र म्यानचेस्टर युनाइटेड यसमध्येका प्रमुख क्लबहरु हुन् । तर क्याटलन (बार्सिलोना) को अनुसार चेल्सी सम्झौता होडमा धेरै निकट पुगेको छ । चेल्सीले पहिल्यै खेलाडीका एजेन्ट कीया जूराबचीयानसँग कुरा गरेको थियो । एजेन्टको क्लबसँग धरै राम्रो सम्बन्ध रहेको जनाएको छ ।

उनले लन्डनका अन्य प्रतिद्वन्द्वीलाई पछाडि पार्न ठूलो भुमिका खेलेको पनि चेल्सीले जनाएको थियो । आर्सेनलले भने उनलाई ऋणमा भित्र्याउन गत सिजनमा एक कदमले पछि परेको खुलासा पनि भएको छ । काउटिन्होले पनि इंग्ल्यान्डमा फर्कने इच्छा राखेको बताएका छन् । एनफिल्डबाट नउ क्याम्पमा उनी १४२ मिलियन पाउन्डमा गएका थिए ।

उनले क्याटलन टोलीसँग केवल १८ महिना मात्रै बिताए, जसमा ७६ खेलमा मात्र २१ गोल गरेका थिए ।
तर बार्सिलोनाका कोच क्विक सेटीनले भने खेलाडी सम्झौता नहुने बताएका छन् । उनले काउटिन्होलाई बार्सिलोनामै रोक्ने चाहेका छन् । यदि उनले बेचे पनि मोटो रकममा बेच्ने उनको भनाइ रहेको छ । हाल कोरोनाभाइरसको कारण युरोपका क्लबहरुले रकम तिर्ने भन्दा खेलाडी साटफेर गर्न चाहेको पनि मिडियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्