नेयमार बार्सिलोना फर्केमा धेरै रकम कटौती हुने



पेरिस, (एजेन्सी)।

स्पेनको रिपोर्टअनुसार नेयमारले पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर पूर्व क्लब बार्सिलोना फर्कने हो भने आफ्नो तलबमा ठूलो कटौती गर्नुपर्नेछन् । ब्राजिली स्टार गत सिजनमा नौ क्याम्पमा झण्डै फिर्ता हुन लागेका थिए, तर रकमकै कारण उनी बार्सिलोनामा फर्कन सकेनन् । उनले त्यहाँ फर्कने सपना हेर्न नछाडेको पनि स्पेनी मिडियाले जनाएको छ ।

बार्सिलोनाले उनले यदि बार्सिलोना छाड्न चाहेमा व्यक्तिगत खुशी र पैसाबीच निर्णय लिन सक्नुपर्छ ।पीएसजीले २८ वर्षीय स्ट्राइकरलाई उनको वर्तमान ६ लाख पाउन्ड सातामा पाउने रकम बढाएर सम्झौता गर्न लागेको छ । मुन्डो डेपोर्टिभोले दावी गरे अनुसार उनलाई पार्क डेस प्रिन्सेसमा राख्नका लागि नेयमारको सम्झौताअवधि बढाउन प्रस्थाव राख्नेछ ।

उनीहरुले उनलाई १२ मिलियन पाउन्डको नेसनल बैंक कतारसँगको प्रायोजनसमेत गरी प्रति सिजन ४४ मिलियन पाउन्डको प्रस्ताव राखिने पीएसजीको योजना रहेको छ । नयाँ सम्झौताले नेयमारको तलब विश्वका सर्वाधिक आम्दानी गर्ने दुई फुटबलर लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोसँग नजिक पु¥याउनेछ । यसको विपरित उनको पूर्व क्लब बार्सिलोनाले उनलाई १८ मिलियन पाउन्ड प्रति सिजनको सम्झौता प्रस्ताव राख्नेछ ।

नेयमारको पेरिसमा तेस्रो सिजन चलिरहेको छ, जहाँ ५ वर्षको सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । उनी सन् २०१७ मा १९८ मिलियन पाउन्डको कीर्तिमानी रकममा बार्सिलोनाबाट पीएसजी पुगेका हुन् । तर उनले अहिलेसम्म च्याम्पियन्स लिग वा व्यक्तिगत अवार्ड जित्न सकेका छैनन् ।

नेयमारल बार्सिलोनामा चार सिजन खेल्दा १८६ खेलबाट १०५ गोल गरेका थिए । बार्सिलोनामा दुई स्पेनी लिग र च्याम्पियन्स लिग सन् २०१५ मा जितेका थिए । यस सिजनमा उनले पीएसजीका लागि १८ गोल गर्दा १० एसिस्ट गरेका छन् । हाल कोभिड १९ को कारण फ्रेन्च लिगसमेत विश्वका ठूल्ठूला प्रतियोगिताहरु स्थगित छन् ।

प्रतिक्रिया दिनुहोस्