‘नो भ्याक्सिन–नो टेनिस’ विरुद्ध जोकोभिच



लन्डन, (एजेन्सी)।

कोरोनाभाइरस (कोभिड–१९) को खोप बनाउनको लागि विश्वभरिका वैज्ञानिकहरु लागिरहेका छन् । टेनिस खेल्नको लागि पनि खोप लगाउनुपर्ने निर्देशन जारी गरेको छ । पूर्व महिला टेनिस खेलाडी एमी मोरेस्मोले ट्वीट गरेकी थिइन—टेनिससँग सम्बन्धित सबै खेलाडी, स्टाफ, सदस्य र खेल हेर्न आउने दर्शकका लागि टीकाकरण आवश्यक हुनुपर्छ । नो भ्याक्सिन–नो टेनिस ।

उनको यो नो भ्याक्सिन–नो टेनिस को नाराले सबैको ध्यान खिँचिएको थियो । यो नारासँग हालको पुरुष टेनिसका नम्बर एक नोभाक जोकोभिचले विरोध जनाएका छन् । सर्बियाली खेलाडीले व्यक्तिगत तर्फबाट विरोध गर्दै भने—खोप लगाउने वा नलगाउने व्यक्तिको चाहनामा भर पर्छ, यसमा कसैलाई खोप लगाउन बाध्य तुल्याउन सक्दैन ।

जोकोभिचले साथी खेलाडीसँग एक लाइभ फेसबुकमा चाट गरेर बताए—‘‘व्यक्तिगत तर्फ म खोपको विरोध गरिरहेको छु । म यो कुरामा सहमत छैन कि कोही खेलाडी विदेश यात्रा गर्न अघि खोप लगाउनुपर्छ । यदि यो अनिवार्य भयो भने के होला ? म यस मामिलामा आफ्नो विचार भिन्नै राख्नेछु, यदि जुलाई, अगस्त वा सेप्टेम्बरमा टेनिस हुने संभावना कमै छ । कोरोनाको खोप पनि बनेको छैन, बन्यो भने हेरौला ।

प्रतिक्रिया दिनुहोस्