चीन फुटबल शुरु गर्ने तरखरमा



शंघाई, (एजेन्सी)।

पुरै विश्व कोरोना भाइरस (कोभिड १९) सँग लडिरहेको अवस्थामा चीन भने फुटबल शुरु गर्ने तरखरमा रहेको छ । चीनको वुहान सहरबाटै यो भयानक भाइरस विश्वभरि फैलिएर गएको हो । तर चीले अहिले स्थिति सामान्य बनाइसकेको छ । यसैले खेललाई पनि विस्तारै संचालनमा ल्याउन लागेको छ ।

चाइनिज सुपर लिग (सीएसएल) जुनको अन्त्य वा जुलाईको पहिलो हफ्तामा शुरु गर्न गइरहेको छ । मिडिया रिपोर्टअनुसार ग्वानजाउ आरएन्डएफ क्लबका अध्यक्ष हुआंग शेंघुआले सोको जानकारी दिएका हुन् ।

शेंघुआले बताए–‘‘यहांको हालको अवस्था धेरै राम्रो छ, यसलाई हेरेर हामीले निर्णय ग¥र्यौ कि यस सिजनको शुरुवात जुनको अन्त्य वा जुलाईको पहिलो हफ्ताबाट हुनेछ । यो टूर्नामेंटमा सबै टिमले ३०/३० खेल खेल्नेछन् ।

चिनिया मिडिया रिपोर्टस्को अनुसार चाइनिज फुटबल एसोसिएसनले कुनै आधिकारिक घोषणा गरेको छैन । सीएसएल २२ फेबु्रवरीदेखि हुनुपर्ने थियो, तर कोरोनाको महामारीको कारण लिग अनिश्चितकालका लागि स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्