लिभरपुल भर्सेस एट्लेटिको भाइरस ‘रोचक परिकल्पना’



लन्डन, (एजेन्सी) ।

ब्रिटेन सरकारका बैज्ञानिक सल्लाहकारले भनेका छन् कि लिभरपुलमा कोरोनाभाइरस केस र गत महिनाको एट्लेटिको मेड्रिडसँग क्लबको च्याम्पियन्स लिग खेलबीचको सम्भावित सम्बन्धको बारेमा अनुमान लगाउनु एक रोचक परिकल्पना हो ।

एनफिल्डमा ११ मार्चको खेल दौरान लिभरपुलमा केही कोरोनाभाइरसको कारण मृत्यु भएको आरोप लगाइएको छ । ५२ हजार भन्दा बढी व्यक्ति सहभागि उक्त खेलमा मेड्रिडका ३ हजार समर्थक थिए, जहाँ आशिंक लकडाउन भइसकेको थियो । खेल र कुनै पनि कोरोनाभाइरसको केसबीच कुनै पक्का सम्बन्ध नभएको भने पनि सरकारका उपप्रमुख वैज्ञानिक सल्लाहकार एन्जेला म्याक्लिनले यसको थप अनुसन्धानको लागि आवश्यक भएको बताइन् ।

म्याकलिनले सोमबार बेलायत सरकारको दैनिक कोरोनाभाइरस समाचारको ब्रिफिङ गर्नेक्रममा बताएकी हुन् । उनले भनिन्—भविष्यमा हेर्नु एकदम रोचक हुनेछ जब सबै विज्ञानहरु काम गरिसकेपछि लिभरपुलमा सर्ने भाइरस र स्पेनमा सर्ने भाइरसबीच कस्तो सम्बन्ध छ ।

लिभरपुल सहर काउन्सिलका जनस्वास्थ्य निर्देशक म्याथ्यु एश्टनले द गार्डियनलाई पहिलै बताएका थिए कि यो खेल खारेज गरिनुपर्ने थियो । तर मेड्रिडका मेयर जोस लुइस मार्टिनेज–अल्मेइडाले हजारौं एटलेटिकोका समर्थकलाई अनुमति दिनु गल्ती भएको बताए । अल्मेइडाले स्पेनी रेडियो स्टेसन ओन्डा सिरोलाई भने—त्यस समयमा ३००० एटलेटिको समर्थकहरुले एनफिल्डनको लागि यात्रा गर्न सक्छन् भन्ने विचार भएन ।

भर्खरको तथ्यांकले देखाए अनुसार लिभरपुलको एनएचएस अस्पतालमा २ सय ४६ जना कोरोना भाइरसको कारण निधन भएका छन् । मेड्रिड भने युरोपको सबैभन्दा खराब असर परेको सहरमध्ये एक हो । जोन हपकिन्स युनिभर्सिटीको तथ्यांकले अमेरिकापछि स्पेनमा बढ्दो कोरोनाभाइरसको संक्रमित देखिएको जनायो । स्पेनमा अहिलेसम्म २१ हजार भन्दा बढी व्यक्तिको निधन भइसकेका छन् ।

लिभरपुलको एटलेटिकोसँग च्याम्पियन्स लिग खेल मार्चको दोस्रो सातामा भएको थियो । सो खेलसगैं मार्च १३ मा चेल्टनहाम गोल्ड कप हेर्नेको संख्या ६८ हजार ५ सय रहेका थिए । त्यहाँबाट पनि संक्रमित फैलिएको हुनसक्ने बेलायतको मेयर रिषि सुनाकले बताउँदै भने—च्याम्पियन्स लिग खेललाई मात्र दोष दिनु सहि होइन, लाखौं दौडेको चेल्टनहाम जात्रा पनि भएको थियो । त्यहीबाट पनि आउन सक्छ नि ।

प्रतिक्रिया दिनुहोस्