खेलाडीको अभ्यासमा घरको उपकरण सहयोगी



लन्डन, (एजेन्सी)

कोरोना भाइरसले खेल गतिविधि रोकिएको अवस्था छ । खेलाडीहरु लकडाउनको कारण घरघरमै छन् । तर खेलाडीले आफ्नो तरिकाले अभ्यास भने गरिरहेका छन् । टोकियो ओलम्पिकसमेत एक वर्षका लागि पछि सरेको छ । खेलाडीले अभ्यास गर्न भने रोकेनन् । विश्वभरिका खेलाडीले ओलम्पिकमै ध्यान केन्द्रित गरेका छन् ।

खेलाडीले घरमा जे सामान छ त्यसैसँग अभ्यास गरिरहेको तस्वीर सोसल मिडियामा पोस्ट भइरहेको छ । आउटडोर र इन्डोर दुवै विधाका खेलाडीले आफ्नो फिटनेसमा ध्यान राखेका छन् । कोही घरेलु उपकरण लिएर अभ्यास गर्दै छन् त कोही ठँल्ठँला ढुंगा र काठ उठाएर अभ्यास गरिरहेका छन् ।

यसै क्रममा जर्मनीका तलबारबाजी एलेक्जेन्ड्रा एन्डोलोले अभ्यासका लागि आफैंले डमी फाइटर बनाए । एपी फेन्सर एलेक्जेन्ड्रा ओलम्पिकको तयारीमा छन् । न्युजिल्यान्डका २८ वर्षीय मिडफिल्डर एनेली लन्गोले क्राइस चर्चमा घरको पछाडि ट्रेंपोलिन लगाएका छन् । अस्टे«लियन फुटबल क्लब मेलबर्न भिक्टोरीबाट खेल्ने एनेलीले यसैमा अभ्यास गरिरहेकी छन् ।

यस्तै जोर्डनकी जुडो खेलाडी हदिल अलामीले पनि अभ्यास गरिरहेकी छन् । उनले सोफाको मद्दतमा खुट्टा बलियो बनाउन भारी अभ्यास गरेकी छन् । उनले डम्बल्सका लागि पानीको बोटल प्रयोग गर्छिन् ।

उनले आफ्नी बहिनीलाई ढाडमा राखेर पुसअप गर्छिन् । जर्मनीकी जेना मेसेरसेमिट ५५ किलो तौलमुनिमा विश्वकी नम्बर ५ को कराँते खेलाडी हुन् । उनले कोलोनस्थित आफ्नो घरको पछाडि भारी रुखको काटिएको भाग उठाएर अभ्यास गरेकी छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्