तुर्कमेनिस्तानमा फुटबल सिजन शुरु



अस्गाबाट, (एजेन्सी)।

विश्वभरि कोरोना भाइरसको त्रास भएपनि तुर्कमेनिस्तानमा आइतबारदेखि फुटबल सिजन शुरु भएको छ । कोरोना संक्रमण अहिलेसम्म नभेटिएको दावी गर्ने केही देशमध्ये तुर्कमेनिस्तान पनि पर्छ । सिजन शुरु लगतै समर्थक पनि रंगशाला पुगेको तुर्कमेनअधिकारीहरुले जनाएका छन् ।

मध्य एसियामा पर्ने सो देशले विश्वभरिका राष्ट्रले खेल स्थगित गरेको पछ्याउँदै मार्चमा लिग स्थगित गरेको थियो । ८ टिम सम्मिलित तुर्कमेनियाली लिग स्थगित हुन अघि यस सिजनको तीन खेल मात्रै भएका थिए । एक महिनापछि आज तुर्कमेनियाली अधिकारीहरुले फुटबल खेललाई फर्काएका छन् ।
३४ वर्षीय उद्यमी आशिर युसुपोभले बताए–आनन्दले हाम्रो प्रतिरोध क्षमता बढाउँछ ।

उनले आइतबार राजधानी अस्गाबाटमा लिगको शीर्षै टोली कोपेटडागसँग च्याम्पियन अल्टीन असीरले खेलेको हेर्ने बताएका थिए । अन्य देशमा कार्यक्रम स्थगित गरिएको बारेमा सचेत भएपनि उनी भीडभाडदेखि नडराएको उनले बताए । उनले भने—हामीसँग कोरोनाभाइरस छैन त्यसैले किन नगरौं लिग पुन शुरु ?

सोभियत संघका तीन पूर्व राज्य तुर्कमेनिस्तान, ताजिकिस्तान र बेलारुसले विश्वव्यापी व्यावसायिक लिग स्थगित गर्ने क्रमलाई तोडेका छन् । अहिले विश्वले बेलारुसको लिग सुचारु गर्ने निर्णयमा चासो लिएको छ । जबकी ताजिकिस्तानको सुपर कप फाइनलले यसै महिनाको शुरुवातमा सबैको ध्यानाकर्षित गरेको थियो । तर बेलारुसमा अहिलेसम्म करिब ४ हजार भन्दा बढी कोरोना भाइरसको केस निर्धारित गरिसकेको छ ।

ताजिकिस्तानले भने कुनै कोरोनाभाइरसको केस नभएको भनिरहँदा पनि बन्द रंगशालामा सिजन शुरु गरेको छ ।अस्गाबाटमा रहेको अल्टिन असीर क्लबले गत सिजनमा तुर्कमेनियाली लिग जितेको थियो । अल्टिन असीरको अर्थ राख्छ गोल्डेन एज । भेपा नामको २० वर्षीय विद्यार्थीले बताए कि उनले कहिल्यै खेल मिस नगरेको र खेल हेर्न जानेछन् ।

उनको प्रिय क्लब भने अहाल हो । अहाल अस्गाबाट भन्दा बाहिरी क्षेत्रको टिम हो, जहाँ राष्ट्रपति गुर्बान्गुली बर्डीमुखामेडोभको परिवार बस्ने गर्छन् । सोभियत संघको समयमा र्तुकमेनिस्तान फुटबलको पावरहाउस थिएन । तर खेलकुदको समर्थक राष्ट्रपति बर्डीमुखामेडोभले अहिले र्तुकमेनिस्तानलाई खेलकुदतिर ध्यान दिएका छन् ।

अप्रिल ७ को विश्व स्वास्थ्य दिवसमा राष्ट्रपतिलाई राज्यको टेलिभिजनमा घोडा र साइकलमा सवार भएको देखाएको थियो, जुन राज्यका कर्मचारीहरु देशभरका सामूहिक व्यायामतिर संग्लन भएका थिए । त्यस्ता ठूला सार्वजनिक कार्यक्रमहरुले पर्यवेक्षकहरुलाई प्रश्न सोध्न उक्साउँदछ कि सरकारले महामारीलाई कतिको गम्भीरतापूर्वक लिएको छ ।

त्यसबेला बर्डीमुखामेडोभले कुनै पनि केश पत्ता लगाउन र भाइरस फैलाउन रोकथाम गर्न अधिकारीहरुलाई आदेश दिएका छन् । राष्ट्रपति देशका संरक्षकको रुपमा परिचित छन् । राज्य मिडियाले महामारीमा उनको नेतृत्वको महत्वमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्