दक्षिण अमेरिकी विश्वकप छनौट सेप्टेम्बरमा



ज्युरिच, एजेन्सी।

सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबोल) लाई प्रारम्भिक चरणका छनोट खेलहरु आगामी सेप्टेम्बरमा गर्न फिफाले अनुमोदन गरेको छ।

यसअघि विश्वकप छनौटको पहिलो २ चरणका खेलहरु मार्चका लागि निर्धारित गरिएको थियो। तर कोरोना भाईरस संक्रमण विश्वब्यापी रुपमा बढ्न थालेपछि छनौट खेलहरु स्थगित गरिएको हो।

फिफाको अनुमोदनपछि दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबोल) ले सन् २०२२ को विश्वकपका लागि आफ्नो क्षेत्रको छनौट चरणका खेलहरु सेप्टेम्बरमा हुने जनाएको छ। कोन्मेबोलले विश्वकप प्रारम्भिक चरणका छनौट खेलहरु राउण्ड रोबिनको ढाँचामा खेलाउने छ।

यसपटक कोन्मेबोलले छनौट चरणका १८ चरणका खेलहरुको ढाँचा परिवर्तन गर्ने अनुमान गरिएको छ। विश्वकप छनोट चरणको म्याच खेलाउन तयार भएपनि कोन्मेबोलले केही समयअघि स्थगित गरेको सन् २०२० को कोपा अमेरिका फुटबल प्रतियोगिता भने २०२१ को जुन-जुलाईमा नै हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्