भ्याक्सिन नबनेसम्म खेल अव्यवहारिक हुने



लन्डन, (एजेन्सी)

कोरोनाभाइरसको भ्याक्सिन नबनेसम्म अर्को वर्ष टोक्यो ओलम्पिक र पारालिम्पिक आयोजना गर्ने भनेको ज्यादै अव्यावहारिक हुने एक विश्व स्वास्थ्य वैज्ञानिकले बताएकी छन् । प्राध्यापक देवी श्रीधरले प्रभावी र सस्तो उपचारको विकासले स्थगित भएको खेलहरुलाई राहत दिने बताइन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र टोक्यो २०२० का आयोजकले यसै साता कार्यकारी बोर्डको बैठक राखेका थिए ।

उनीहरुले खेलहरु सुरुङको अन्त्यमा प्रकाश देखिने आसा दोहो¥याएका थिए ।जबकी आईओसी समन्वय आयोगका अध्यक्ष जोन कोट्सले स्विकार गरे कि कोभिड–१९ ले आगामी वर्षको खेलतालिकालाई पनि असर गर्न सक्छ । ओलम्पिकको नयाँ मिति २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म निर्धारित गरिएको हो ।

बिहीबार पत्रकार सम्मेलनमा उनले बताए—आईओसी विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार चल्नेछ, जनसमुदाय भेला वा खेलाडीलाई परीक्षण गर्ने शर्त हुन सक्नेछ । इडिनबर्गको विश्वविद्यालयमा विश्व स्वास्थ्यका प्रमुख प्राध्यापक श्रीधरले टोक्यो ओलम्पिक हुनेमा भ्याक्सिनमा निर्भर रहने बताएकी थिइन् ।

उनले बताइन्—यदि हामीले अर्को वर्षभित्र भ्याक्सिन पाएमा ओेलम्पिक वास्तविकता हुनेछ । भ्याक्सिनले खेलमा परिवर्तन ल्याउन सक्नेछ । यदि हामीले वैज्ञानिक सफलता पाउन सकेनौं भने मलाई लाग्छ यो धेरै अवास्तविकता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्