पीसीबीलाई ९० मिलियन डलर नोक्सान



लाहोर, (एजेन्सी) ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई भारतविरुद्धको सिरिज हुन नसकेपछि ९० मिलियन डलर नोक्सान भएको छ ।

भारत र पाकिस्तान बीचको द्विपक्षीय क्रिकेट सम्बन्ध सन् २००८ देखि बन्द छ । पछिल्लो केही वर्षमा भारत र पाकिस्तानले एक आपसमा केवल आईसीसी प्रतियोगिता मात्रै खेलेका छन् ।

पीसीबीले जनाए अनुसार पछिल्ला ५ वर्षको मिडिया सम्झौता यसै महिना समाप्त भएको छ । यसमा भारतविरुद्धको दुई सिरिज सामेल थियो । १ सय ४९ मिलियन डलरको सम्भौतामा हस्ताक्षर गर्ने प्रसारकको एउटै मात्रै शर्त थियो किसिरिज भारतविरुद्ध आयोजित हुनुपर्छ । सिरिज नभएपछि टेन स्पोर्टस् र पीटीभीले सम्झौताको कूल राशिमा ९० मिलियन डलर राशि काटेका थिए ।

प्रतिक्रिया दिनुहोस्