अफ्रिकी खेलाडी इटोले सहयोग दिने



लन्डन, (एजेन्सी)

पूर्व बार्सिलोना र क्यामरुनका स्ट्राइकर साम्युएल इटोले उनको देशमा कोरोनाभाइरसविरुद्ध लड्न प्रयासलाई सहयोग पु¥याउन १ लाख नागरिकलाई सामान वितरण गर्ने बताएका छन् ।
मुलुकमा फाउन्डेसन चलाएकाइटोले साबुन, सेनिटाइजर र केहीखाद्य सामग्री४ वटा शहर डुउला, बुआ, याउन्डो र बाफौसामका ५० हजार घरपरिवारलाई बाँड्न प्रयोग गरिने बताए । थप ५० हजार सुरक्षात्मक फेस मास्क पनि आपूर्ति गरिनेछ । ती विशेषगरी देशका ट्याक्सी चालकहरुको लागिभएको उनले जनाएका छन् ।
इटोको फाउन्डेसनको विज्ञप्तिमा उल्लेख गरिएको थियो—यो गम्भीर मानवीय संकट हो र उचितसरसफाइ र स्वास्थ्य सामग्रीको वितरण माध्यमबाट मात्र हामीले कोरोनाभाइरसलाई रोक्न सक्छौं, ।
क्यामरुन सरकारले कोरोनाभाइरसको फैलावट रोक्नको लागि उपायहरु गरिहेको छ । यसमा मध्य अफ्रिकी देशको सिमाना बन्द गरेको र सबै खेल गतिविधि निलम्बन गरिएको छ । क्यामरुनको शीर्ष र दोस्रो श्रेणीको फुटबल च्याम्पियनसिप निलम्बित भएपछि केही खेलाडी बढ्दो आर्थिक समस्याको बीचमा सहयोगको लागि याचना गर्न सामाजिक संजालमा आएका छन् । देशकापुरुष र महिलाको घरेलु च्याम्पियनसिपका ४४ क्लबहरुका १ हजार फुटबलररुले खाद्य वस्तु र आधारभूत आवश्यकताको माध्यमबाट लाभ पाउने आशामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्