भारतीय टोलीलाई ४२ मिलियन डलरको होटलमा राखिने



मेलबर्न, (एजेन्सी)

भारतीय क्रिकेट टोलीको अस्ट्रे लिया यात्रामा ४२ मिलियन डलरमा निर्मित भएको ओभल होटलमा राख्न सक्ने जनाएको छ ।
कोरोनाभाइरसको कारण भारतीय टोलीका खेलाडीलाई १ सय ३८ कोठा भएको सो होटल आइसोलेसन केन्द्र बनाउने प्रस्ताव राखेको हो । सो नवनिर्मित होटल सेप्टेम्बरमा खोल्न सकिनेछ । भारतीय टोलीको यात्रा अक्टोबरमा हुनेछ, जुन जनवरीसम्म क्रिकेट खेलमै व्यस्त हुनेछ ।

सो यात्रा दौरान भारतले सबैभन्दा पहिले अस्ट्रेलियाविरुद्ध ३ खेलको टी २० सिरिज खेल्नेछ । यसपछि टी २० विश्वकप हुनेछ । फेरि नोभेम्बरदेखि जनवरीसम्म दुबै टोलीबीच ४ टेस्ट र ३ वानडे सिरिज हुनेछ । यदि यी सिरिज कोरोनाभाइरसको कारण रद्द भएमा अस्ट्रेलियाको टिभीबाट प्राप्तहुने ३ सय मिलियन डलरको नोक्सान हुने पनि जनाएको छ ।

द एजे को रिपोर्टअनुसार यो प्रस्ताव दक्षिण अस्ट्रेलिया क्रिकेट संघका प्रमुखकीथ ब्रेथशाले क्रिकेट अस्ट्रेलियाका प्रमुख केभिन रोबर्टस्समक्ष राखेकाथिए। साथै अन्य टोलीका क्वारेन्टीनको लागि कंगारु आइल्यान्ड र रीटनेस्ट आइल्यान्डमाथि विचार गरिरहेको छ । हालको रोनाभाइरसको काराण विदेशीलाई १४ दिन क्वारिन्टीनमा बस्नुपर्ने आवश्यकता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्