विश्वकप सम्म पुग्यो कोरोना



लन्डन, (एजेन्सी)

कोरोनाभाइरस (कोभिड १९) को फैलावट कतार फुटबल विश्व कप सम्म पुगेको छ । सन् २०२२ माहुने सो प्रतियोगिताको तयारीमा जुटेका ५ कर्मचारीलाई कोरोना संक्रमित देखिएको हो । यी सबै कर्मचारी तीन भिन्न-भिन्न रंगशालासँग सम्बन्धित छन् । विश्वकपसँग सम्बन्धित यो पहिलो कोरोना मामिला हो ।

कतार विश्वकप प्रबन्धकले बताए—अलथुमामा रंगशालामा सुप्रीम कमिटीका कान्ट्रेक्टरको रुपमा काम गर्ने स्टाफका दुई सदस्यमा कोरोना संक्रमित पाएको हो । यसको अलावा तीन अन्य कामदारमा पनि संक्रमित देखियो, जसमा एक अल रायन रंगशाला र दुई जना अलबायत रंगशालामा कामगर्ने कामदार हुन् ।
कतार विश्वकपमा ७ नयाँ रंगशाला निर्माण भइरहेको छ ।

एक तयार भइसकेको छ, जसलाई आधिकारिक रुपमा खुला पनि गरिसकेको छ । कतार विश्वकपको छनोट खेल हाललाई कोरोनाको कारण स्थगित गरिएको छ । यदि कोरोनाको महामारी अझै लम्बियो भने कतार विश्वकप पनि रद्द गर्नु पर्ने संभावना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्