ठप्प खेलकुदप्रति ट्रम्पको चिन्ता



न्यूयोर्क,एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र विश्वभर ठप्प भएका खेलकुदप्रति चिन्ता ब्यक्त गरेका छन्।राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर ठप्प भएका खेलकुद गतिविधि चाँडोभन्दा चाँडो सुचारु होस् भन्ने चाहना ब्यक्त गरेका छन्। अमेरिकाको बेसबल, फुटबल, बास्केटबल, रग्बी र हकी लीग स्थगित भएकोमा उनले चिन्ता ब्यक्त गरेको बताइएको छ।

कोरोना भाइरस ९कोभिड–१९० का कारण विश्वभरी जुलाई–अगस्तसम्म लगभग सबै खेल प्रतियोगिताहरु रद्द अथवा स्थगित छन्। ट्रम्पले मंगलवार भने,–‘‘हामीले आफ्नो सबै खेल प्रतियोगिताहरुलाई पुरानो अवस्थामा फर्काउनु पर्नेछ। मलाई बेसबल मनपर्छ। मैले १४ वर्ष बेसबल लिग हेरिसकेको छु।’’

नेशनल बास्केटबल एसोसिएसन (एनबीए) को यूटाह जज टीमका खेलाडी रूडी गोबेर्टमा गत ११ मार्चमा कोरोना पोजेटिभ देखिएको थियो। त्यसलगत्तै अमेरिकामा एनबीए, नेशनल हकी लीग, फुटबल लीग र बेसबल लीग लगायत सबै खेल प्रतियोगिताहरु स्थगित गरिएको थियो।

खाली स्टेडियममा बेसबल लीग गर्ने योजना

केही समयअघि बेसबल लीगका ३० टिमहरुलाई अमेरिकाको एरिजोना अथवा एरिजोना र फ्लोरिडा राज्यमा संयुक्त रुपमा भेला गराउने योजना सार्वजनिक भएको थियो।

साथै यस सीजनका बाँकी म्याचहरु खाली स्टेडियमा खेलाउने योजना पनि अघि सारिएका छन्। मेजर लीग सकर ९एमएलबी० का आयुक्त रोब मेनफ्रेडले एउटा टेलिभिजन च्यानललाई तत्कालै कुनै कदम नचालिए पनि धेरै योजनाहरुमा भने विचार भईरहेको जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्