युरोपियनलिग शुरु हुने आसमा



लन्डन, (एजेन्सी)

कोरोना भाइरसको संक्रमण लगातार बढीरहेकोले विश्वमा फुटबल स्थगित भएको अवस्था छ । कुन लिग कति बेला शुरु हुने कसैले भन्न सकिरहेका छैनन् । यसको बावजुद केही लिग भने शुरु गर्ने तरखरमा रहेको छ । इंग्लिस प्रिमियर लिग कहिलेदेखि शुरु हुन्छ त्यसको अनुमान लगाएको छैन । तर जर्मन लिग, स्पेनीलिग र इटालियन लिगभने शुरु हुने अनुमान लगाइएको छ ।

गत साताजर्मन क्लबहरुले प्रशिक्षणमा फर्केर स्थगित लिगलाई सुचारु गर्ने संकेत देखाएका थिए । यसरी खेलाडीलाई प्रशिक्षणमा ल्याउनेमा जर्मन क्लबहरु पहिलो युरोपियन क्लबहरु हुन् । जर्मन बुन्डेसलिगा ३० अप्रिलसम्म स्थगित भएको छ । यस सिजनको सो लिगमा बाँकी ९ चरणका खेल खेल्न बाँकी छ ।

लिग च्याम्पियन बायर्न म्युनिख अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमन्डसँग बायर्नले ४ अंकको अग्रताबनाएको छ ।
यस्तै स्पेनीला लिगा मे को अन्त्यसम्म संचालनमा ल्याउने योजनामा रहेको यसको अध्यक्ष ह्याभियर टेबासले जनाएका छन् ।

टेबासले मे २८ देखि शुरु गर्ने सोचमा रहेको बताएका थिए । जबकी स्पेनमा कोरोनाभाइरसको कारण मृत्यु हुनेको संख्या बढ्दै गएको स्थिति छ । टेबासले अप्रिल २६ सम्म कुनै अभ्यास नहुने पनि बताए । स्पेनमा २३ मार्चमाकोरोना संक्रमित पहिलो केस देखिएपछि सो राष्ट्रमा आपत कालिन अवस्था लगाएको थियो ।

लालिगामा बार्सिलोना शीर्ष स्थानमा रहेको छ । २ अंकले पछि पर्दै रियल मेड्रिडले बार्सिलोनालाई पछ्याइरहेको छ । लालिगामा ११ चरणका खेल खेल्न बाँकी छ । स्पेन कोरोनाभाइरसको अत्याधिक मारमा पर्ने मध्ये एक राष्ट्र हो । त्यहाँ हाल नयाँ संक्रमित कम देखिएको पनि बताइएको छ । तापनि धेरै जसो नागरिक घरमै रहेका छन् ।

यसैगरी फ्रेन्च लिगवान जुन ३ वा १७ देखि शुरु गर्ने फ्रेन्च फुटबल अधिकारीले जनाएको छ । रिपोर्टमा जनाएअनुसार यदि जारी सिजन १७ जुनबाट शुरु भएमा प्रत्येक तीनदिनमा खेल्ने र त्यसपछि २५ जुलाईदेखि नियमित खेलाउनेछ । फ्रेन्च फुटबल अधिकारीले २ अगस्ट सम्म सिजन सकाउने योजना लिएको छ ।

२३ अगस्टदेखि नयाँ सिजन शुरु गर्ने पनि बताएको छ । यस्तै फ्रेन्च कपको फाइनल खेल २७जुनमागर्ने पनि जनाएको छ । फाइनलमा पेरिस सेन्ट जर्मेन –पीएसजी) र सेन्ट इटिनबीच भिड्दैछन् । यस्तै पीएसजी र लियोनबीचको लिगकप फाइनल खेल ११ जुलाईमा हुने जनाएको छ । लिग वानमा पनि पीएस जीशीर्ष स्थानमै रहेको छ । फ्रान्समा ११ मेसम्म लकडाउन गरिएको छ ।

इटाली कोरोनाभाइरसले सबैभन्दा नराम्रोसँग असर पारेको युरोपियन राष्ट्र हो । इटालियन फुटबल महासंघले मेको शुरुवातमा खेलाडीहरुलाई परीक्षण गरेर मात्रै सिजन पुनः संचालनमा ल्याउने आस गरेको छ । इटालीको सिरी ए लिग ९ मार्चदेखि स्थगितभएको थियो । १२ चरणको खेल खेल्न बाँकी सिरी एमायुभेन्टस शीर्ष स्थानमा छ । तर टोली लाजियो भन्दा एक अंकले मात्रै अघि छ ।

सिरी ए शुरु गर्न इटालियन सरकारको आदेश पर्खनु पर्ने पनि महासंघले जनाएको छ । प्रधानमन्त्री गिउ सेपकोन्टेले ३ मे सम्म लकडाउन बढाएका छन् । महासंघका अध्यक्ष गेब्रियल ग्राभीनाले स्काइ स्पोर्टस् इटालियालाई बताए—छिटो सक्दो अवस्था सहि भएमा हामीहरुले च्याम्पियनसिप समाप्त गर्ने छौं । हामीसँग कुनै डेडलाइन छैन तर च्याम्पियनसिप सिध्याउने पहिलो प्राथमिकता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्