नेयमारकी आमाको २२ वर्षीय केटासँग अफेयर



साओपाउलो, एजेन्सी ।

फुटबलमा प्रायजसो फुटबलसम्बन्धी विषयले स्थान लिने गर्छ । कहिलकाही भने अपत्यारिलो समाचारले फुटबललाई रोचक बनाउने गर्छ । यस्तै क्रममा ब्राजिलका चर्चित स्ट्राइकर नेयमारसम्बन्धी रहेको छ ।

न उनको बार्सिलोनामा ट्रान्सफर हुने समाचार हो न उनको मैदानमा पटक पटक हुने नाटकबारे हो । यो अति नै अपत्यारिलो समाचार छ, जुन भायरल बनेको छ अहिले ।
नेयमारकी आमा नदीन गोनकाल्भेसको एक २२ वर्षीय केटासँग अफेयर चलेको कुरा हो । ५२ वर्षीया नदीनले यस विषयलाई सार्वजिनक रुपमा स्विकार समेत गरेकी छिन् ।

उनले उनकी ब्वायफ्रेन्डसँगको डेटिङ गरिरहेको फोटो पोस्ट गरेपछि भायरल भएको हो । नेयमारको प्रशंसक ती केटा नेयमार भन्दा ६ वर्षले कान्छो छन् । नेयमारले भने आफ्नी आमाको विषयमा कुनै अफशोच नगरेर उल्टो आमाका ब्वायफे्रन्डसँग फोटो पनि खिँचाएका थिए ।

नेयमारले आमालाई नयाँ सम्बन्धको लागि शुभकामना पनि दिएका छन् । उनले भने–खुशी हुनु आमा, म पनि तिमीलाई धेरै माया गर्छु । ब्राजिलको संचारमाध्यमले जनाएअनुसार नेयमारकी आमाका ब्वायफ्रेन्ड फ्रीफायर खेल्ने गेमर हुन् । उनी फोरके इजीका सदस्य र मोडल समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्