लकडाउन बढेपछि आईपीएलको मिति अनिश्चित



नयाँ दिल्ली, एजेन्सी ।

भारत सरकारद्वारा कोरोना भाईरसका कारण मंगलवार लकडाउनको अवधि बढाउने निर्णय गरेसँगै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को मिति अनिश्चित भएको छ।भारत सरकारको आगामी मे ३ तारिखसम्म लकडाउन अवधि बढाउने निर्णयपछि आईपीएल २०२० को मिति अनिश्चित बनेको हो। लकडाउन अवधि बढेसँगै बोर्ड अफ कन्ट्रोल फोर क्रिकेट ईन ईन्डिया क्रिकेट (बीसीसीआई) ले आईपीएल २०२० हालका लागि स्थगित गर्ने निर्णय गरेको छ।

यस विषयमा बीसीसीआईको बस्ने आगामी बैठकमा वर्तमानस्थिति बारे छलफल गरिने र त्यसपछि मात्र टी –२० लिग बारे नयाँ निर्णय हुने बर्ताईएको छ। यसअघि २९ मार्चमा हुनुपर्ने आईपीएल २०२० लकडाउनका कारण १५ अप्रिलमा सारिएको थियो।्

बीसीसीआईले भने यसबारे बुधबारभित्र निर्णय गर्ने बताइएको छ। प्रतियोगिता सञ्चालन गर्न बीसीसीआईलाई अब अर्को विन्डो खोज्नुपर्ने अवस्था समेत आउन सक्छ। बीसीसीआईले मुख्यतः दुईवटा विकल्पमा विचार गरिरहेका छन्।

बीसीसीआईले जुलाईदेखि सेप्टेम्बरसम्म छोटो अवधिका लागि आईपीएल गराउन सक्नेछ। त्यस्तै अक्टोबरदेखि नोभेम्बरमा गर्नु अर्को विकल्पको रुपमा रहेको छ। यदि आईसीसीले अस्ट्रेलियामा ८ अक्टोबरदेखि १५ नोभेम्बरसम्म निर्धारित टी–२० विश्वकप स्थगित गरेमा बीसीसीआईले त्यही समय आईपीएल गर्न सक्नेछ।

यदि बीसीसीआईले उपयुक्त विन्डो पाएन भने आईपीएल २०२० रद्द गर्ने सम्भावना पनि प्रबल छ। त्यस्तो अवस्था आएमा बीसीसीआईलाई प्रत्यक्ष रूपमा झन्डै ३ हजार ८ सय करोड भारतीय रुपियाँ बराबर घाटा लाग्नेछ। बीसीसीआईले मुख्य प्रसारणकर्ता स्टार स्पोर्ट्सबाट ३ हजार २ सय करोड, टाइटल प्रायोजक भिभोबाट ४ सय करोड र अन्य प्रायोजकहरुबाट २ सय करोड बराबर भारतीय रुपियाँ गुमाउनेछ।

प्रतिक्रिया दिनुहोस्