कोरोना पूर्ण रुपमा रोक्न खोप विना सकिदैंनः विश्व स्वास्थ्य संगठन



न्यूज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमण (कोभिड १९) नियन्त्रण खोप विना नसकिने विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा सोमबार आयोजित पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एदानाम गेब्रियससले भन्नुभएको हो ।

सोही अवसरमा उहाँले भन्नुभयो— ‘जवसम्म यो रोग विरुद्धको खोपको विकास र वितरण हुँदैन तबसम्म यसको संक्रमण पूर्ण रुपमा रोक्न सकिदैन ।’ यतिबेला विश्वलाई कोरोनाले निकै ठूलो क्षति पुर्याउनुका साथै सिथिल बनाएको अवस्थामा चीन, अमेरिका, बेलायत, अष्ट्रेलिया, कोरिया लगायतका मुलुकहरुमा बैज्ञानिकहरुले खोपका बिषयमा निकै खोजी अनुसन्धान गरिरहेका छन् ।

चीन र अमेरिकाले कोरोना संक्रमित भै निको भएका व्यक्तिहरुको प्लाम्मा गम्भिर अवस्थामा उपचार भैरहेका बिरामीमा परिक्षण भैरहेको छ । यतिले मात्र पर्याप्त नहुने र खोप करोडौको संख्यामा उत्पादन हुनुपर्ने र यसका लागि खोप पत्ता लागिसकेको अवस्थामा उत्पादनका लागि ठूलो धनराशी लगानी गर्नुका साथै समय लाग्ने बैज्ञानिकहरुले बताउँदै आएका छन् ।

महानिर्देशक डा. टेड्रोस एदानामले यो भाइरस सन् २००९ मा देखिएको स्वाइनफ्लु भन्दा दश गुणा खतरताक भएको बताउनुभयो । ‘यसको संक्रमण निकै छिटो फैलिएको छ , कतिपय देशमा ३ – ४ दिनमै केशहरु दोव्वर भएको हामीले देखेका छौँ ।

नर्सिङ होम जस्ता भिडभाड हुने ठाँउबाट पनि यो भाइरस सजिलै सर्न सक्छ । त्यसैले हाम्रो अहिलेको आवश्यकता भनेको शुरुमै केशहरुको खोजी गर्ने, परीक्षण गर्ने, आइसोलेसनमा राख्ने र प्रत्येक केशसंग जोडिएकोहरुको खोजी गर्नुको विकल्प छैन,’ उहाले भन्नुभयो ।

चीनको हुवेईप्रान्तस्थित वुहान शहर गत ३१ डिसेम्बर २०१९मा पहिलो केश प्रमाणित भए लगत्तै संसारका २०० भन्दा बढी देशमा फैलिएको यो भाइरसबाट १९ लाख बढी मानिस संक्रमित भएका छन् । य

हि भाइरसको कारण १ लाख १९ हजार बढीको ज्यान गईसकेको छ । साढे ४ लाख जति उपचार पछि घर फर्केका छन् । भाइरसको संक्रमण बढ्दै जाँदा विश्वका अधिकांश देश लकडाउनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्