कोरोनाले खेलाडीको बानीव्यहोरा परिवर्तन हुने



लन्डन, (एजेन्सी)

कोरोना भाइरसका कारण खेलमा हुने केही बानीव्यवहार कम हुने जनाएको छ । दर्शकले भविष्यमा खेल दौरान खेलाडीले गर्ने राम्रो वा नराम्रो बानी हेर्न नपाउन सक्नेछन् । खेल हुन अघि र पछि हात मिलाउने र अंकमाल गर्ने बानी कम हुन सक्नेछ । कोरोनाका कारण हात नमिलाएर नमस्ते गर्न सिकाएको छ ।

यस्तै टेनिसमा बल ब्वाय र बल गर्ल छेउछेउमा रुमाल लिएर बसेका हुन्छन् । कोरोनाको कारण यो दृश्य पनि हराएर जान सक्नेछ, कारण हो कोरोना । कोरोनाले गर्दा आगामी खेलमा खेलाडीले बल ब्वाय वा गर्लसँग रुमाल लिने छैनन् ।

क्रिकेटमा पनि बलरले पटक–पटक बलमा थुक लगाएर चम्काउने गर्ने नराम्रो बानी छ । बलरले बल हातमा आउनासाथै बलमा थुक लगाउन शुरु गर्दछन् । टेस्टमा यसले रिभर्स स्विंग हुन मद्दत पनि मिल्नेछ । कोरोनापछि शायद खेलाडी यस्तो दुस्साहस गर्न पछि नै हट्नेछन् ।

यसैगरी फुटबलमा पनि गोलको खुशीयाली मनाउने एकदमै उग्र छ । जसले गोल गरे त्यस खेलाडीलाई साथीहरुले कसेर अंकमाल गर्दै मैदानमै ढलाइदिन्छन् ।

गोल गर्ने खेलाडी मैदानमा ढले पनि अन्य खेलाडीले गोलकर्तालाई छाडेका हुँदैनन् । अब शायद यस्तो गर्न खेलाडी पछि हट्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्