जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ    



सर्लाही  ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लालबन्दी नगरपालिका-१३ करमदन्ती बस्ने ३० वर्षीय चन्द्र बहादुर वाईबालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित कुवामा पानी लिन गएको अवस्थामा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लालबन्दी र अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्