रोनाल्डोलाई भविष्यको चिन्ता



मिलान, (एजेन्सी)

कोरोना भाइरसको महामारी भएको गम्भीर अवस्थालाई हेरेर क्रिस्टियानो रोनाल्डोले आफ्नो तलब घटाउने सहमति गरेका थिए । यसको बाबजुद रोनाल्डो आफ्नो भविष्यप्रति चिन्तित भएको इटालियन मिडियाले जनायो । हाल इटालीमा कोरोनाले निकै प्रभाव पारेकोले युभेन्टससहित सिरि ए का सबै क्लबहरु आर्थिक मन्दीमा पुग्ने देखिएको छ ।

 

त्यहाँको सञ्चार माध्यमका अनुसार युभेन्टस क्लबले कोरोनाको महामारीले गर्दा तलब घटाउने पक्षमा हुनेछ । तर रोनाल्डोको उच्चतम तलबमा यसले असर पक्कै गर्नेछ । पाँच पटकको बेलन डि अर विजेता रोनाल्डो दुई वर्ष अघि टुरिनमा आएका थिए । उनले प्रतिवर्ष ३१ मिलियन युरो कमाएका छन् ।

 

आर्थिक मन्दीपछि युभेन्टसले उनको तलबलाई दिन सक्ने अवस्था हुनेछैन । यसले उनको भविष्यमा तीन वटा सम्भाव्यता देखाएको छ । पोर्चुगिज स्टारले कमसेकम ७० मिलियन युरोका लागि अर्को क्लबमा जान सक्नेछ, तर हालको अवस्थाले भने यो सम्भावना कमै हुन सक्छ । अरु सम्भावनामा रोनाल्डोले युभेन्टसमा २०२२ सम्म बस्ने या थप सिजनका लागि नवीकरण गर्ने विकल्प बचेको छ । उनको युभेन्टसमा थप २ वर्ष अनुबन्धित समय बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्