खेलाडीमा कोरोना



लन्डन, (एजेन्सी)
इटाली फुटबल लिग सिरी ए का ११ जना खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन्। सो संक्रमित भएका खेलाडीलाई सिरी ए का डाक्टरले अभ्यास गर्न नजान र घरमै बस्न सल्लाह दिएका छन्। डाक्टरका अनुसार यति सावधान अपनाएमा अन्य खेलाडी कोरोनाको संक्रमण हुनबाट जोगिनेछन्।
कोरोनाको पोजिटिभ टेस्ट रिजल्ट आएकामा फिओरेन्टिनाका प्याट्रिक कुट्रोने, जर्मन पेलेजा र दुसान भाहोभिच रहेका छन्। त्यस्तै, युसी साम्पडोरियाका ७ खेलाडीमा पनि सो भाइरस संक्रमित देखिएको छ। संक्रमित हुनेमा फेबियन देपाओली र बार्तोज बेरसिंस्की सामेल छन्।
यसैगरी, स्पेनी ला लिगा क्लब भेलेन्सियाका ५ खेलाडीमा पनि कोरोना भाइरसको टेस्टमा पोजिटिभ रिजल्ट देखाएको क्लबले जनाएको छ। डिफेन्डर एजेक्विल गारे पोजिटिभ टेस्ट आउने पहिलो ला लिगा खेलाडी हुन्। कोरोना भाइरसको असर पर्नेमा स्पेन दोस्रो युरोपियन देश हो।

प्रतिक्रिया दिनुहोस्