निसानको फेस्टिभ ड्राइभ लक्की ड्रका विजेता घोषणा



नेपालमा निसान गाडीको अधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले चाड पर्वको उपलक्ष्यमा ल्याएको फेस्टिभ ड्राइभ उपहार योजनाको नतिजा सार्वजनिक गरेको छ। उक्त अन्तर्गत हरेक निसान गाडी खरिद गर्ने ग्राहकले लक्की ड्र स्किममा भाग लिने मौका पाएका थिए।
सोही स्किमको विजेताको घोषणा पायोनियर मोटो कर्प प्रालिको थापाथलीस्थित शोरुममा भएको थियो। लक्की ड्र द्वारा १० जना भाग्यशाली विजेताले मलेसिया भ्रमण गर्ने मौका र साथै ५ जनाले १० ग्राम सुनको सिक्का पाएका छन्।
हाल पायोनियर मोटो कर्पले नेपालमा निसान माइक्रो, सन्नी, किक्स, नभारा, एक्स ट्रेल, उर्भान र प्याट्रोल गाडी बिक्री गरिरहेको छ भने चाँडैनै निसानको नयाँ इलेक्ट्रिक गाडी लीफ पनि नेपालमा भित्राउने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्