कुल र सरस्वतीलाई अवार्ड



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा आफैले स्थापना गरेको मनोरञ्जनरमण शर्मा अवार्ड राष्ट्रिय भलिबल टिमका कुलबहादुर थापा र सरस्वती चौधरीले सोमबार पाएका छन्। अवार्डसँगै दुवैले जनही ३५ हजार नगद प्राप्त गरे।

सोही अवसरमा बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको विजेता खेलाडी टोली, प्रशिक्षक र टिम व्यवस्थापकलाई पनि शर्माले व्यक्तिगत रूपमा प्रोत्साहनस्वरूप जनही १० हजार नगद पुरस्कार प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्