एनसीसीएस सिप्यान अवार्ड चैतमा



काठमाडौं, (नेस)

एनसीसीएस सिप्यान क्रिकेट अवार्ड अर्को महिना हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा क्रिकेट खेलाडी संघ (सिप्यान) ले जानकारी गराएको छ। ५ अवार्ड रहेको विधामा सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले बताए।

उनका अनुसार वर्ष क्रिकेट खेलाडी पुरुष र महिला, उदीयमान क्रिकेटर, वर्ष उत्कृष्ट क्षण तथा लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ। सो अवार्डमा उत्कृष्ट हुने पुरुष र महिला क्रिकेटरले समान १ लाख ३२ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

अन्य विधामा उत्कृष्ट हुनेले समान ६६ हजार नगद पुरस्कार हात पार्नेछन्। सो अवार्ड सन् २०१९ मार्चदेखि २०२० मार्चसम्म गरेको प्रदर्शनको आधारमा प्रदान गरिने जनाइयो।

प्रतिक्रिया दिनुहोस्